Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बहराइनका जेलमा कोरोना संक्रमण रोक्न दर्जनौँ कैदी रिहा गरिँदै

बहराइनका जेलमा कोरोना संक्रमण रोक्न दर्जनौँ कैदी रिहा गरिँदै

एजेन्सी - बहराइनले कोभिड–१९ को महामारीमा जेलमा रहेका कैदीहरू असुरक्षित भएको भनी कैदीका आफन्तहरूले विरोध जनाएपछि जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ ।

बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैदीहरूमा कोभिड–१९ सङ्क्रमणको सम्भावना बढी भएको भन्दै उनीहरूलाई रिहा गरिने भएको हो ।

बहराइनको मानव अधिकारवादी संगठनका अनुसार सरकारी अधिकारीहरूले जेलमा रहेका राजनीतिक बन्दीसहित करिब २०० जनालाई रिहाईका लागि प्रक्रिया अघि बढाइएको छ । उक्त योजनाअन्तर्गत राज्यको फावस्थित जेलबाट १६६ कैदी रिहा भइसकेका छन् भने अन्यलाई आवश्यक कानूनी प्रक्रिया पुर्‍याएर रिहा गरिनेछ ।

रिहा हुनेमा बहराइनका चिरपरिचित अधिकारकर्मी नबिल राजबका अविभावक ७५ वर्षीय मोहम्मद जावेद पनि रहेको जानकारी गराइएको छ । उनले १० वर्षदेखि जेल जीवन बिताउँदै आएका थिए ।

जेलमा रहेका तीन व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएपछि आपन्तजन र परिवारका सदस्यले कैदीको स्वास्थ्य सुरक्षाप्रति चासो व्यक्त गर्दै जेल प्रशासनमार्फत् सरकारलाई विरोध पत्र पठाउनुका साथै रिहाइको माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया