ताजा अपडेट
म्यान्मार सैनिकद्वारा नेपालीभाषी दम्पतीको गोली हानी हत्या
काठमाडौं - म्यान्मारका सुरक्षाकर्मीको गोली प्रहारबाट नेपालीभाषी दम्पत्तिको निधन भएको छ । मंगलबार बिहान उनीहरुको शव नजिकको सडक किनारमा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
मारिनेहरुमा नेपालीभाषी किसन गौतम र उनकी पत्नी हरिमाया छिन् । गोर्खा समुदायसँग आबद्ध उनीहरुले त्यहाँ गाइपालन व्यवसाय गर्दै आइरहेका थिए ।
भारत सीमावर्ती म्यानमारको सहर तमुमा उनीहरुको हत्या भएको जनाइएको छ । मारिनुअघि उनीहरु कन्टेनरमा दूध भरेर बजारमा विक्री गर्न लैजाने तयारी गर्दै थिए ।
उनीहरुको शवलाई त्यहाँका केही समाजसेवी समूहले उद्दार गरेर नजिकको अस्पताल लगेका थिए । उनीहरुको मंगलबार अपरान्ह हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनीहरुका एक छोरी र दुई छोरा थिए ।
म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा मारिनेको संख्या ७ सय नाघेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया