Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३० भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेदरल्याण्ड्सविरुद्धको खेलमार्फत टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल र आसिफले बनाएका राष्ट्रिय कीर्तिमानहरु

नेदरल्याण्ड्सविरुद्धको खेलमार्फत टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल र आसिफले बनाएका राष्ट्रिय कीर्तिमानहरु

काठमाडौँ- त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखलामा शनिबार बलियो प्रतिद्धन्द्धी नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै घरेलु टोली नेपालले शानदार सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सलाई एक सय ३६ रनमा सिमित गरेर जितको आधार सजिलो बनाएको थियो। त्यसपछि दुई युवा ब्याट्सम्यान आरिफ शेख र कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे। ओपनिङ ब्याट्सम्यानका रुपमा आएका यी दुवै खेलाडीको यो पहिलो टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल थियो।

कुशलले ४६ बलमा पाँच छक्का र पाँच चौका प्रहार गर्दै ६२ रन जोडे। उनी डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान बने।

३८ बलमा चार छक्का र चार चौका प्रहार गरेका आसिफ ५४ रनमा अविजित रहे। उनी डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यानको सूचीमा कुशलभन्दा मात्र पछाडि अर्थात दोस्रो स्थानमा रहे। उनिहरु दुवैले यसअघि सन्दीप जोराको नाममा रहेको राष्ट्रिय कीर्तिमान  तोडेका हुन्।

सन्दीपले ५३ रन बनाएका थिए सन् २०१९ मा यूएईविरुद्ध भएको खेलमा। त्यतिबेला उनी डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अर्धसतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका थिए।

आसिफ र कुशलले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गरेका थिए। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो विकेटका लागि गरेको यो सबैभन्दा बढी रनको साझेदारी हो। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनैपनि विकेटका लागि दोस्रोपटक सतकीय साझेदारी गरेको हो। यसअघि पारस खड्का र आरिफ शेखले सन् २०१९ मा सिंगापुरविरुद्ध एक सय ४५ रनको साझेदारी गरेका थिए, दोस्रो विकेटका लागि।

आसिफ र कुशलकै विस्फोटक ब्याटिङपछि नेपालले ९ विकेटको जित हात पारेको हो। यसअघि टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विकेटका हिसाबले सबैभन्दा बढी ९ विकेटको जित हात पारेको थियो। यसअघि नेपालले सन् २०१९ मा सिंगापुरलाई ९ विकेटले हराएको थियो २४ बल खेल्न बाँकी छँदै। यसैगरि सन् २०२० मा थाइल्याण्डलाई पनि ९ विकेटले हराएको थियो ८७ बल खेल्न बाँकी रहँदै। शनिबार नेदरल्याण्ड्सलाई हराउँदा नेपालले ३० बल खेल्न बाँकी थियो।

प्रतिक्रिया

ट्रेन्डिङ