Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
एशियन बिस्कुटद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण एशियन बिस्कुटद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा मोबाइल खरिद गर्न प्रदेस सरकारले गर्‍यो ४० हजार बजेट विनियोजन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा मोबाइल खरिद गर्न प्रदेस सरकारले गर्‍यो ४० हजार बजेट विनियोजन सुदूरपश्चिम प्रदेस सरकारको बजेट: सिचाँई र सडक निर्माणका लागी १ हजार विनियोजन सुदूरपश्चिम प्रदेस सरकारको बजेट: सिचाँई र सडक निर्माणका लागी १ हजार विनियोजन डेढ अर्ब आन्तरिक आय भएको सुदूरपश्चिम सरकारले कहाँबाट ल्याउँछ ३२ अर्ब ? डेढ अर्ब आन्तरिक आय भएको सुदूरपश्चिम सरकारले कहाँबाट ल्याउँछ ३२ अर्ब ? सुदूरपश्चिमको बजेटमा यस्ता छन् योजना (कार्यक्रम पुस्तिकासहित) सुदूरपश्चिमको बजेटमा यस्ता छन् योजना (कार्यक्रम पुस्तिकासहित) साँफेबगर नगरपालिका पूर्ण खोप पालिका घोषणा साँफेबगर नगरपालिका पूर्ण खोप पालिका घोषणा सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ) सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्ब ४७ करोडको बजेट (पूर्णपाठ) बयालपाटा अस्पताललाई प्रदेश सरकारद्वारा ८ करोड बजेट बयालपाटा अस्पताललाई प्रदेश सरकारद्वारा ८ करोड बजेट अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण अमृत डिष्ट्रिलरीद्वारा बाम्काबजारका आगलागी पीडितलाई राहत वितरण बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने

नेदरल्याण्ड्सविरुद्धको खेलमार्फत टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल र आसिफले बनाएका राष्ट्रिय कीर्तिमानहरु

नेदरल्याण्ड्सविरुद्धको खेलमार्फत टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल र आसिफले बनाएका राष्ट्रिय कीर्तिमानहरु

काठमाडौँ- त्रिकोणात्मक टीट्वेन्टी क्रिकेट शृंखलामा शनिबार बलियो प्रतिद्धन्द्धी नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै घरेलु टोली नेपालले शानदार सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सलाई एक सय ३६ रनमा सिमित गरेर जितको आधार सजिलो बनाएको थियो। त्यसपछि दुई युवा ब्याट्सम्यान आरिफ शेख र कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे। ओपनिङ ब्याट्सम्यानका रुपमा आएका यी दुवै खेलाडीको यो पहिलो टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल थियो।

कुशलले ४६ बलमा पाँच छक्का र पाँच चौका प्रहार गर्दै ६२ रन जोडे। उनी डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान बने।

३८ बलमा चार छक्का र चार चौका प्रहार गरेका आसिफ ५४ रनमा अविजित रहे। उनी डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यानको सूचीमा कुशलभन्दा मात्र पछाडि अर्थात दोस्रो स्थानमा रहे। उनिहरु दुवैले यसअघि सन्दीप जोराको नाममा रहेको राष्ट्रिय कीर्तिमान  तोडेका हुन्।

सन्दीपले ५३ रन बनाएका थिए सन् २०१९ मा यूएईविरुद्ध भएको खेलमा। त्यतिबेला उनी डेब्यु टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा अर्धसतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान बनेका थिए।

आसिफ र कुशलले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गरेका थिए। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो विकेटका लागि गरेको यो सबैभन्दा बढी रनको साझेदारी हो। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनैपनि विकेटका लागि दोस्रोपटक सतकीय साझेदारी गरेको हो। यसअघि पारस खड्का र आरिफ शेखले सन् २०१९ मा सिंगापुरविरुद्ध एक सय ४५ रनको साझेदारी गरेका थिए, दोस्रो विकेटका लागि।

आसिफ र कुशलकै विस्फोटक ब्याटिङपछि नेपालले ९ विकेटको जित हात पारेको हो। यसअघि टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विकेटका हिसाबले सबैभन्दा बढी ९ विकेटको जित हात पारेको थियो। यसअघि नेपालले सन् २०१९ मा सिंगापुरलाई ९ विकेटले हराएको थियो २४ बल खेल्न बाँकी छँदै। यसैगरि सन् २०२० मा थाइल्याण्डलाई पनि ९ विकेटले हराएको थियो ८७ बल खेल्न बाँकी रहँदै। शनिबार नेदरल्याण्ड्सलाई हराउँदा नेपालले ३० बल खेल्न बाँकी थियो।

प्रतिक्रिया