ताजा अपडेट
आईपीएल क्रिकेटमा हैदराबादले पञ्जाब किङ्ग्सलाई ९ विकेटले हरायो

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधवारको पहिलो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । चेन्नईमा भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई नौ विकेटले हरायो ।
पञ्जाबले दिएको एक सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर चार बलमा मात्रै एक विकेट गुमाएर भेटायो । हैदराबादका लागि जोनी बेयर्स्टोले अविजित ६३ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले १९ ओभर चार बलमा अलआउट हुँदै एक सय २० रन बनाएको थियो । पञ्जाबलाई कम योगफलमै रोक्न हैदराबादका खलील अहमदले तीन र अभिषेक शर्माले एक विकेट लिए । यो जितसँगै हैदरावाद अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको भने पञ्जाब पुछारमा झरेको छ ।
आईपीएलमै अहिले कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेलिरहेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया