Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कुशल पहिलोपटक परे टि–ट्वान्टी बरियतामा, कति छ उनको स्थान ?

कुशल पहिलोपटक परे टि–ट्वान्टी बरियतामा, कति छ उनको स्थान ?

काठमाडौं- नेपालमा जारी त्रिदेशीय टि–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका कुशल भुर्तेल विश्व टि–ट्वान्टी बरियतामा पहिलोपटक समावेश भएका छन् ।

लगातार तीन खेलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी०ले आज जारी गरेको टि–ट्वान्टीको नयाँ बरियतामा शीर्ष १०० मा पर्न सफल भएका छन् । कुशल नयाँ बरियतामा ९३ औं स्थानमा रहन सफल भएका हुन् । उनको रेटिङ तीन सय ५९ रहेको छ ।

यसका साथै कुशल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि परेका छन् । कुशलले तीन खेलमा एक सय ८५ रन बनाएका छन् । जसमा तीन अर्धशतक छन् ।

नयाँ बरियतामा पूर्वकप्तान पारस खड्का ८३ औं स्थानमा पुगेका छन् । उनी एकैपटक १० स्थान तल झरेका हुन् । पारसले चोटका कारण त्रिकोणात्मक टी २० सिरिज गुमाएका थिए । जसका कारण पनि उनको बरियता खस्किएको अनुमान गर्न सकिन्छ ।

बलिङमा सन्दीप लामिछाने ७७ औं स्थानमा उक्लिएका छन् । उनले बरियतामा सात स्थान सुधार गरेका छन् । जारी टि–ट्वान्टी सिरिजमा सन्दीपले तीन खेलमा आठ विकेट लिएका छन् । जसमा उनले नेदरल्याण्ड्सविरुद्धको चार विकेट पनि समावेश छ ।

नेपालका लागि टि–ट्वान्टीमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा पनि सन्दीप नै परेका छन् । उनले कुल ४२ विकेट लिएका छन् । नेदरल्याण्ड्ससँगको खेलपछि करण केसीलाई उछिन्दै उनी शीर्ष स्थानमा उक्लिएका हुन् ।

प्रतिक्रिया