Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कुशल पहिलोपटक परे टि–ट्वान्टी बरियतामा, कति छ उनको स्थान ?

कुशल पहिलोपटक परे टि–ट्वान्टी बरियतामा, कति छ उनको स्थान ?

काठमाडौं- नेपालमा जारी त्रिदेशीय टि–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका कुशल भुर्तेल विश्व टि–ट्वान्टी बरियतामा पहिलोपटक समावेश भएका छन् ।

लगातार तीन खेलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी०ले आज जारी गरेको टि–ट्वान्टीको नयाँ बरियतामा शीर्ष १०० मा पर्न सफल भएका छन् । कुशल नयाँ बरियतामा ९३ औं स्थानमा रहन सफल भएका हुन् । उनको रेटिङ तीन सय ५९ रहेको छ ।

यसका साथै कुशल सन् २०२१ मा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि परेका छन् । कुशलले तीन खेलमा एक सय ८५ रन बनाएका छन् । जसमा तीन अर्धशतक छन् ।

नयाँ बरियतामा पूर्वकप्तान पारस खड्का ८३ औं स्थानमा पुगेका छन् । उनी एकैपटक १० स्थान तल झरेका हुन् । पारसले चोटका कारण त्रिकोणात्मक टी २० सिरिज गुमाएका थिए । जसका कारण पनि उनको बरियता खस्किएको अनुमान गर्न सकिन्छ ।

बलिङमा सन्दीप लामिछाने ७७ औं स्थानमा उक्लिएका छन् । उनले बरियतामा सात स्थान सुधार गरेका छन् । जारी टि–ट्वान्टी सिरिजमा सन्दीपले तीन खेलमा आठ विकेट लिएका छन् । जसमा उनले नेदरल्याण्ड्सविरुद्धको चार विकेट पनि समावेश छ ।

नेपालका लागि टि–ट्वान्टीमा सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा पनि सन्दीप नै परेका छन् । उनले कुल ४२ विकेट लिएका छन् । नेदरल्याण्ड्ससँगको खेलपछि करण केसीलाई उछिन्दै उनी शीर्ष स्थानमा उक्लिएका हुन् ।

प्रतिक्रिया