ताजा अपडेट
त्रिकोणात्मक टी–ट्वान्टीमा उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको फाइनल खेल अपरान्ह १ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ ।
सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको थियो ।
नेदरल्यान्ड्स पनि आजको खेलमा नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ ।
तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन ।
कोरोना महामारीकाबीच हुन लागेको आजको उपाधि खेल भने दर्शकबिहीन हुने बताइएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया