Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपाललद्धारा नेदरल्यान्ड्सलाई २३९ रनको कीर्तिमानी लक्ष्य

नेपाललद्धारा नेदरल्यान्ड्सलाई २३९  रनको कीर्तिमानी लक्ष्य

काठमाडौं -  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २ सय ३९ रनको लक्ष्य दिएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनायो ।

टी९ट्वान्टी अन्तराष्ट्रियमा नेपालले विपक्षी टिमलाई दिएको यो कीर्तिमानी लक्ष्य हो ।

यस अघि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक रन २ सय ३६ रहेको थियो । नेपालमा आयोजना भएको १३ औं सागमा भुटानविरुद्ध नेपालले २ सय ३६ रन जोडेको थियो ।

नेपालको कीर्तिमानी स्कोरमा कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले ।

भुर्तेलले तेस्रो विकेटको रुपमा नेपाललाई ७७ रनको योगदान दिए । ५३ बल खेलेका भुर्तेलले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिए । उनी सेवास्टीयन ब्राटले गरेको १६ औं ओभरको चौथो बलमा लङअनमा पिटर सिलारको हातबाट क्याच आउट हुन पुगे । उनले कप्तान ज्ञानेन्द्र मल्लसँग ५७ रनको साझेदारी गरेका थिए भने कुशल मल्लसँग ७६ रनको साझेदारी गरेका थिए ।

यसअघि नेपालले पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमाएको थियो । फिलिप्पे बोइसेविनले गरेको तेस्रो ओभरको दोस्रो बलमा आसिफ पेभिलियन फर्किएका हुन् । उनी लामो सट खेल्ले चक्करमा लङअनमा वान मिकेरनको हातबाट क्याच हुँदै पेभिलियन फर्किएका थिए । उनले ८ बलमा एक चौका र २ छक्का सहित १६ रनको योगदान दिए ।

दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मैदानबाट बाहिरिए । उनी दशौं ओभरको तेस्रो बलमा लङअनमा क्याच हुन पुगेका थिए । फिलिप्पे बोइसेविनले गरेको बलमा कप्तान पिटर सिलारले लङअनमा क्याच गर्दै मल्ललाई मैदान बाहिर पठाएका थिए । उनले १९ बलमा ३ चौका र २ छक्का सहित ३३ रनको योगदान दिए ।

कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । उनले २४ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेले । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरी ४८ रनमा अविजित रहे । उनले १८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४८ रनको अविजित इनिङ्स खेलेका हुन् ।

कुशल मल्ल र ऐरीले ७८ रनको साझेदारी गरे । नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ४३ रन खर्चेर दुई विकेट लिएका थिए । यस्तै सेवास्टीयन ब्राटले एक विकेट लिए ।

प्रतिक्रिया