ताजा अपडेट
आइपीएलमा चेन्नाईले चखायो बेंगलोरलाई पहिलो हार
काठमाडौँ- आइपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरलाई चेन्नाईले पहिलो हार चखाएको छ । मुम्बईमा बेंगलोर चेन्नाईसँग ६९ रनले पराजित भएको हो । हारसँगै बेंगलोरको यस सिजनको अपराजित यात्रा पाँचौ खेलमा टुंगिएको छ ।
मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९१ रन बनाएको थियो । उसका लागि रवीन्द्र जडेजाले विष्फोट ब्याटिङ गर्दै अर्धशतक बनाए । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका जडेजाले २८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । यस्तै ओपनर ब्याट्सम्यान फाफ डुप्लेसिसले ५० रनको योगदान दिए ।
बेंगलोरका हर्षल पटेलले तीन विकेट लिए । १९२ रनको विशाल लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको बेंगलोर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रनमा सिमित भयो । उसका लागि देवदुत पाडिकलले सर्वाधिक ३४ रन मात्रै बनाउन सके ।
४४ रन बनाउँदा पहिलो विकेटका रुपमा कप्तान विराट कोहलीलाई गुमाएको बेंगलोरको थप ५९ रन बनाउँदा ८ विकेट पतन भयो । अन्तिम विकेटका लागि मोहम्मद सिरज र युज्वेन्द्र चाहलले १९ रनको साझेदारी गरेपछि बेंगलोर अलआउट हुनबाट जोगिएको थियो ।
बेंगलोरलाई सस्तैमा रोक्न चेन्नाईका अलराउण्डर जडेजाले तीन विकेट लिए । ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएका जडेजाले म्याक्सवेल, डिभिलियर्स, वाशिंटन सुन्दरलाई आउट गरेका थिए । साथै उनले डान क्रिष्टियनलाई पनि रनआउट गरे । ब्याटिङ र बलिङ दुवैमा चम्किएका जडेजाले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बने ।
जितसँगै महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नाई ५ खेलबाट ८ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । हार व्यहोरेको बेंगलोर समान अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया