Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, फाइनल १८ डिसेम्बरमा

फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, फाइनल १८ डिसेम्बरमा

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ।

विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

फिफाले बुधबार समूह चरणसहित फाइनलसम्मको खेलको 'किकअफ टाइम' पनि सार्वजनिक गरेको हो।

समूह चरणमा एकैदिन चार वटा सम्म खेल हुनेछ। जसमा पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे हुनेछ। दोस्रो खेल साँझ पौने सात बजे र तेस्रो खेल राती पौने ९ बजे हुनेछ। यस्तै अन्तिम खेल त्यहिँ दिनको मध्यरात पौने १ बजे हुनेछ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा तेस्रो स्थानको प्लेअफ हुनेछ। तेस्रो स्थानको प्लेअफ १७ डिसेम्बरमा हनेछ। यस्तै फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राती पौने ९ बजे लुसेल रंगशालामा हुनेछ।

यस्तै समूह चरणको अन्तिम खेलहरु पौने ९ बजे र मध्य रात पौने १ बजे हुनेछन्।

नकआउट चरणका खेल पनि समूह चरणकै समयमा हुनेछन्।

समूह चरणका खेल १२ दिनमा सकिनेछन्। कतारको भन्दा नेपालको समय पौने तीन घन्टा छिटो छ। त्यसैले यसपटकको विश्वकपमा नेपाली दर्शकलाई टेलिभिजनमार्फत खेल हेर्न सजिलो हुन सक्छ। सेतोपाटी 

खेल तालिका

प्रतिक्रिया