Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, फाइनल १८ डिसेम्बरमा

फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, फाइनल १८ डिसेम्बरमा

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ।

विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

फिफाले बुधबार समूह चरणसहित फाइनलसम्मको खेलको 'किकअफ टाइम' पनि सार्वजनिक गरेको हो।

समूह चरणमा एकैदिन चार वटा सम्म खेल हुनेछ। जसमा पहिलो खेल नेपाली समयअनुसार दिउँसो पौने चार बजे हुनेछ। दोस्रो खेल साँझ पौने सात बजे र तेस्रो खेल राती पौने ९ बजे हुनेछ। यस्तै अन्तिम खेल त्यहिँ दिनको मध्यरात पौने १ बजे हुनेछ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा तेस्रो स्थानको प्लेअफ हुनेछ। तेस्रो स्थानको प्लेअफ १७ डिसेम्बरमा हनेछ। यस्तै फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राती पौने ९ बजे लुसेल रंगशालामा हुनेछ।

यस्तै समूह चरणको अन्तिम खेलहरु पौने ९ बजे र मध्य रात पौने १ बजे हुनेछन्।

नकआउट चरणका खेल पनि समूह चरणकै समयमा हुनेछन्।

समूह चरणका खेल १२ दिनमा सकिनेछन्। कतारको भन्दा नेपालको समय पौने तीन घन्टा छिटो छ। त्यसैले यसपटकको विश्वकपमा नेपाली दर्शकलाई टेलिभिजनमार्फत खेल हेर्न सजिलो हुन सक्छ। सेतोपाटी 

खेल तालिका

प्रतिक्रिया