Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १२ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जोखिम भत्ता भर्सेज स्वास्थ्यकर्मी -

जोखिम भत्ता भर्सेज स्वास्थ्यकर्मी -

रमेश कुँवर

भिख माग्या हैन, ज्यानको बाजी लगाई सेवा गरेबापतको सरकारद्वारा घोषित सेवा सुविधा मात्रै मागेको हो । तपाई जब कोरोनाको डरले ज्यान जोगाउँन घरमा लुकेर बसिराख्नु भएको थियो ठिक त्यतिखेर घर परिवार सबैलाई पर राखेर कोरोना संग लडिरहेका थिए स्वास्थ्यकर्मीहरु । बन्द कोठा भित्र बसेर निर्देशन दिने जनप्रतिनिधि ज्यू र प्रशासक ज्यूहरुले अहिले आएर स्वास्थ्यकर्मीहरुलाई संघीय सरकारले व्यवस्था गरेको जोखिम भत्ताबाट बन्चित पार्ने कुकार्य निन्दनीय छ । यसो भनि रहदाँ भत्ताको लागि किन मरिहत्ते गर्या होलान जस्तो लाग्न सक्छ । स्वास्थ्यकर्मिहरुले कहिल्यै पनि भत्ता दिनुस अनि काम गर्छौ भनेका छैनौ ।

भत्ता सत्ताको कुनै पनि स्वाद नभएका कर्मजिवीमा धेरै स्वास्थ्यकर्मीहरु पर्छन । स्वास्थ्यकर्मी काम र नाममा रमाउँछन, दाममा हैन (केहि अपवादमा होलान ! आफ्नो प्रोफेसनल नैतिकतालाई लत्याएर दाममा रमाउने, त्यस्ता सम्पूर्णलाई राम राम) । सरकारले जटिल अवस्थामा सेवाप्रवाह बापत प्रतिबद्दता गरेको सुविधा उपभोग गर्न मात्रै खोज्या हो । तन्त्र भित्र स्वास्थ्यकर्मीहरुलाई हेर्ने नजरिया विरुद्द प्रतिवाद मात्रै गर्न खोज्या हो ।

निर्देशिकामा उल्लेख भएबमोजिम सहि व्यक्तिले मात्रै सुविधा उपभोग गर्न पाउनु पर्ने कुरामा दुईमत छैन । अनावश्यक जोखिम भत्ताको लागी मरिहत्ते गर्ने कुरा स्वास्थ्यकर्मीको नैतिकताले पनि दिदैंन, यस्ता लाई दुरुत्साहन गर्ने जिम्मेवारी पनि तपाई हाम्रै हो ।

(सहि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता प्राप्तिमा सहजीकरण गर्नुहुने सम्पूर्णमा हार्दिक नमन र कृतज्ञता)

प्रतिक्रिया