Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १४ बैशाख २०८१

करिव बिस बर्ष अघिको प्रसंग, सन्दर्भ चाहिँ अहिलेको

करिव बिस बर्ष अघिको प्रसंग, सन्दर्भ चाहिँ अहिलेको

कुरा नेपालगन्जको महेन्द्र रंगशालामा भएको एक फुटबल प्रतियोगिताको हो । पश्चिम नेपालको ठूलो रंगशालामा खुकुरी गोल्ड कप प्रतियोगिता चलिरहेको थियो । उक्त प्रतियोगितामा उपत्यका बाहिरका टिम र काठमाडौका ए डिभिजनका क्लब बिच प्रतिस्पर्धा हुन्थ्यो । प्रतिस्पर्धा कस्तो बाघ र बिरालोको जस्तो । उतिबेला खेलकुद पत्रकारितामा सक्रिय म खेल हेर्न नियमित रंगशाला पुग्थे ।

प्रतियोगिताको क्रममा टिकापुरको टिम र मनाङ मर्स्याङ्गदि क्लब बिच खेल हुने भयो । सुदुर पश्चिमको टिम लाई लिएर नेपालगन्जमा बेग्लै उत्साह थियो । त्यतिखेर चल्तिका खेल पत्रकार जयनारायण शाह दाई ले बाजागाजाको ब्यवस्थापन गर्नुभएको थियो । टिकापुरका लागि नेपालगन्जको मैदान होम ग्राउन्ड जस्तै । तर लिगका धेरै उपाधी उचाली सकेको मनाङ मर्स्याङ्गदी लाई खेल जित्नु भन्दा पनि खेलको सुरुवातको पहिलो मिनेटमा नै गोल हान्ने तयारी थियो ।

त्यतिखेरका क्पाप्टेन कुमार थापा र अरु खेलाडीको सल्लाह त्यही थियो । उनीहरुको पोस्टमा विपक्षीको गोल हुनेमा स्वयम टिकापुरका खेलाडी लाई समेत शंका थियो । किनकी चुम्बक जस्तै बल समात्ने उतिबेलाको नेलाली राष्ट्रिय टोलीका गोलकिपर विनोद डंगोल मनाङको गोल किपर थिए । चर्चित खेलाडी डंगोल अति आत्मविश्वासमा रहेको खेलको सुरुवातमा उनको हाउभाउ बाट प्रष्ट हुथ्यो । एकातिर नेपाली राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेल खेलेका बसन्त थापा लगायतका मनाङका नामि खेलाडी अर्को तिर तुलनात्मक रुपमा कमजोर मानीएको टिकापुर । रेफीले सिटि फुक्ने बित्तिकै खेल सुरु भयो । टिकापुरले खेलको सुरुवातमै मनाङको पोस्टमा आक्रमण गर्यो । टिकापुरका स्ट्राइकर अयोध्या चौधरीको आक्रमण लाई मनाङका गोलकिपर विनोद डंगोलले बचाउ गरे । रेफी ले फेरि सिटि बजाए । विनोद डंगोलले अयोध्या चौधरी लाई जिस्काउन खोजे । नामि खेलाडी डंगोलको दाउ उल्टो पर्‍यो किनकी अयोध्या चौधरीले जति मनाङको पोस्टमा जाली चुमाए ।

खेलको सुरुवातमा पहिलो मिनेटमा गोल हान्ने सल्लाह गरेका मनाङ लाई खेलको सुरुवातमा गतिलो झटका लायो । सुरुवातमा अयोध्या चौधरीले गोल उनीहरु स्तब्ध भएका थिए । त्यो जमानामा मनाङका विरुद्ध त्यो पनि पहिलो मिनेटमा गोल गर्नु कल्पना बाहिरको कुरा थियो । तर कैलालीको टिम टिकापुर र अयोध्या चौधरीले असम्भव लाई पनि सम्भव बनाएको झलझली याद आइरहेको छ । नेपाली राजनीतिमा प्रधानमन्त्री ओली ए डिभिजनको ठूलो र लिग जितिसकेको टिम क्याप्टेन हुन तर नेपाली कांग्रेस , माओवादी केन्द्र पनि ए डिभिजन कै हुन । टिम अनि टिमका खेलाडीका बिच मनाङ र टिकापुर जति भिन्नता पनि छैन । त्यसैले प्रधानमन्त्रीको पछिल्लो राजनीतिक रणनीति उनको विरुद्ध पनि सक्छ । किनकी खेल सुरु हुनु अघि सबैले कमजोर मानेको टिकापुरले लिग विजेता मनाङको विरुद्ध पहिलो गोल गरेर सबैलाई चकित पारेको थियो । तर यो पटकको सिंहदरवारको लागि भैरहेको प्रतियोगिताको खेल उहिलेको मनाङ मर्स्याङदीको जस्तो पनि होइन । यतिबेलाको प्रतियोगितामा सहभागी टिम र खेलाडी सबै जब्बर मात्र होइन भब्य पनि ।

कुनै बेलाका सिंहदरवारको लिगका विजेता रहिसकेका हुन कांग्रेस , माओवादीले । अनि विपक्षमा खेल कौशल बुझेका खेलाडीको कमि छैन । त्यसैले पनि केपि ओलीका विरुद्ध निर्णायक गोल गरेर प्रधानमन्त्री र उनकी गोल किपर राष्ट्रपति महामहिम बिध्या भण्डारी लाई आश्चर्यचकित पार्न बेर छैन । अपरान्ह ५ बजेसम्म चल्ने खेलको नतिजा आज आउला जस्तो लाग्दैन । तसर्थ अहिलेको खेल लिग चरणको हो । नतिजाका लागि अझै नकआउट चरण सम्म कुर्नुपर्ने पनि हुनसक्छ । त्यतिबेला कमजोर मानिएको टिकापुर संग एकजना मात्र अनुभवी खेलाडी अयोध्या चौधरी थिए । तर यतिबेला सिंहदरवारको कप पाउनका लागि भैरहेको खेलमा विपक्षमा पनि सबै अनुभवी छन । तर सत्ताको प्रतियोगितामा रेफ्री हुनुपर्ने राष्ट्रपति बिध्यादेवी भण्डारी प्रधानमन्त्रीको गोलकिपर बन्दा मात्र समस्या भएको छ ।

फुटबलमा गल्ती गरेपछी खेलाडी लाई कार्ड देखाएर सजाय गरिने नियम प्रचलित छ । तर यतिबेला जारी खेलमा यतिबेलाको नेपालको राजनीतिक खेलमा रेफ्री ( राष्ट्रपति भण्डारी ) ले होइन खेलाडीले कार्ड देखाउन सक्छन । त्यो पनि एक्लो होइन रेड कार्ड । खेलाडी ( विपक्षी दल हरु ) ले रेफ्री ( राष्ट्रपति भण्डारी ) लाई रातो कार्ड देखाएर जिम्मेवारी मुक्त गरेर मैदान छाड्न बाध्य पार्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया