Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३२ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी

कञ्चनपुरको कृष्णपुरमा वनको ५० विघा भन्दा बढी जमिन अतिक्रमण - सामुदायिक वनका पदाधिकारीहरुकै संलग्नता

कञ्चनपुरको कृष्णपुरमा वनको ५० विघा भन्दा बढी जमिन अतिक्रमण - सामुदायिक वनका पदाधिकारीहरुकै संलग्नता

कंचनपुर । 

कंचनपुरको कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनको जग्गा स्थानीयहरुले अतिक्रमण गरेका छ्न । कृष्णपुर नगरपालिका –१ पुतली बजारको पश्चिमतर्फ रहेको ऐश्वर्या सामुदायिक वनको  ५० विघा बढी बगर क्षेत्र स्थानीयहरुले अतिक्रमण गरेका छ्न ।
स्थानीयहरुले सामुदायिक वनको जग्गा अतिक्रमण गरि अतिक्रमण गरेको जमिनमा मकै र तिल लगाएका छन ।
सार्वजनिक जमिन संरक्षण गर्ने जिम्मेवारीमा रहेका व्यक्तिहरुकै मिलोमतोमा जमिन अतिक्रमण भएको छ। 
ऐश्वर्या सामुदायिक वनका अध्यक्ष इन्द्र बुढा, सहसचिव सोभान कार्कीलगायत स्थानीयले बगर क्षेत्र अतिक्रमण गरेको स्थानीयले बताएका छ्न। वनका अध्यक्ष बुढा र सहसचिव कार्कीले करिब १ विघा बगर क्षेत्र अतिक्रमण गरेका र अन्य बगर क्षेत्र स्थानीयहरुले अतिक्रमण गरेको स्रोतले जनाएको छ।

सामुदायिक वनका पदाधिकारी र स्थानीयले बगर क्षेत्र अतिक्रमण गरेर खनजोत समेत गरेको स्थानीय लोकराज साउँदले बताएका छ्न । उनका अनुसार धारापानी नदीको किनारको बगर क्षेत्र सामुदायिक वनका पदाधिकारीहरुको संलग्नतामा अतिक्रमण भएको हो ।
 उनलेे अतिक्रमण सुरु भएको २ महिना भएको समेत बताए । 

स्थानीयले अहिले पनि नदी बगरहरु अतिक्रमण गरिरहेका छ्न ।स्थानियको भनाइ अनुसार सरकारले कोरोना रोकथामका लागि गरेको लकडाउनको मौका छोपि उनिहरुले बगर क्षेत्र अतिक्रमण गर्ने कार्यलाई तिब्रता दिएको हो ।
सामुदायिक वनमा जिम्मेवार पदमा बसेका व्यक्तिहरुले सार्वजनिक जमिन अतिक्रमण गर्न थालेपछी अरु स्थानीयहरुले पनि  अतिक्रमण गर्ने क्रम बढेको देखिन्छ ।

उक्त जग्गा अतिक्रमण गर्नेमा वनका पदाधिकारीहरु समेत रहेका छन । स्थानीयका अनुसार अतिक्रमण गर्नेहरुलाइ कारबाहीका लागि वडा कार्यालय र सवडिभिजन वन कार्यालय बाणीमा पत्राचार गरिएको छ ।

सामुदायिक वनका पदाधिकारीहरुकै संलग्नतामा भएको अतिक्रमित क्षेत्रको संरक्षणका लागि वडा कार्यालयले पहल गरिरहेको कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतले बताएका छ्न । उक्त  अतिक्रमण गरेको क्षेत्रमा तारबार गरि वृक्षारोपण गरिने वडा अध्यक्ष बस्नेतले बताए ।  उनले वनको जमिन अतिक्रमण गर्नेहरुलाई कारबाहीका लागि वन कार्यालयसँग समन्वय भइरहेको जनाए ।

अतिक्रमण भएको बगरको संरक्षण गर्न सामुदायिक वनका पदाधिकारीलाई निर्देशन दिएको सवडिभिजन वन कार्यालय बाणीका रेन्जर दुर्गेश धामीले बताए । अतिक्रमित  क्षेत्रको  अनुगमन गर्दा उनले करिब ५०/६० विघा बगर अतिक्रमण भएको र केही पुरानो अतिक्रमण सहित अहिले नयाँ अतिक्रमण  रहेको बताएका छ्न ।

अतिक्रमणकारीको पहिचान गरि वन ऐन २०७६ अनुसार कारबाही गरिने उनी बताउँछन । अतिक्रमण गर्ने व्यक्तिहरुको पहिचान गर्ने काम अघि बढिसकेको र केहीको पहिचान खुल्न बाँकी भएपनि सबैको पहिचान भएपछि कारबाही प्रक्रिया अगाढी बढाइने समेत उनले जानकारी दिए । धनगढी खबरबाट

प्रतिक्रिया