ताजा अपडेट
रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि
रियल म्याड्रिडले सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको छ। बिहीबार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो।
रियलका लागि दुवै गोल करिम बेन्जिमाले गरेका थिए। फ्रेञ्च स्ट्राइकर बेञ्जिमाले खेलको २९ मिनेटमा पहिलो गोल गर्दा ७७ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारे।भिल्लारियलका लागि इबोराले ८३ मिनेटमा गरेको गोल सान्त्वनामै सीमित बन्यो।रियलले अन्तिम खेलअघि उपाधि जित्ने क्रममा दोस्रो स्थानको बार्सिलोनालाई पछि पार्यो।
रियलले अन्तिम खेलअघि ८६ अंक जोड्यो। दोस्रो स्थानको बार्सिलोना ७९ अंक छ।बार्सिलोना बिहीबार राति भएको खेलमा ओसासुनासँग २-१ गोलले पराजित भयो।रियलले ला लिगाको ३४औं पटक उपाधि जितेको हो। पछिल्लो पटक रियलले २०१७ मा लिग जितेको थियो।त्यसअघि रियल २०१२ मा च्याम्पियन बनेको थियो। पछिल्लो १० वर्षमा रियलको यो तेस्रो उपाधि हो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया