Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २० साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

ओलीटिक्सका बारेमा लेख्दिनँ भन्दा–भन्दै …!

ओलीटिक्सका बारेमा लेख्दिनँ भन्दा–भन्दै …!

खासमा कन्टिर–बाबूलाई आज केही लेख्ने कुनै मुड नै चलेको छैन । घुमिफिरी त्यही पोलिटिक्स अर्थात् राजनीति अनि त्यही ओलीटिक्स अर्थात् ओल्बा–कृत्यका बारेमा कति लेख्नु ?

त्यसैले आज कन्टिर–बाबू ओल्बाका सम्बन्धमा केही विशेष कुरा लेख्ने र भन्ने मुडमा छैनन् । उनलाई कि शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भनेर सम्झाउनु, कुनै अर्ती–उपदेश, सल्लाह दिनुको केही अर्थ भए पो त लेख्नु–बोल्नु पनि ।

खाली आफ्नैमात्र कुरा गर्छन्, आफ्नै कुरामा अड्डी कस्याकस्यै गर्छन् । उनले अर्काको कुरा सुन्न छोडेको तीन वर्षभन्दा बढी भइसक्यो । त्यसैले कन्टिर–बाबूले आज उनका बारेमा केही नबोल्ने, नलेख्ने निर्णय गरेका हुन् ।

त्यसो त कन्टिर–बाबूको यस निर्णयबाट प्रतिगमनविरुद्ध खबरदारी मोर्चामा रहेकाहरू निराश हुन सक्लान् । उनीहरूलाई केही असजिलो त पनि पक्कै होला । तर कन्टिर–बाबूले आफ्नो निर्णयमा अडिग छन्, जे निर्णय गरे, गरे । आफ्नो निर्णयको रक्षामा सवालमा कन्टिर–बाबू, हिन्दी सिनेमाका नायक सलमान खानको डायलग र शब्द सापट लिँदै भन्छन्– सार्वजनिक रूपमा कुनै कमिटमेन्ट गरिसकेपछि कन्टिर–बाबू आफ्नै मनको कुरा पनि सुन्दैनन् ।

ओल्बाले शेरबहादुर देउवालाई भाषा सिकाउन् कि रापले संसदमा देउवाको बोलीप्रति गरेको व्यङ्ग्यलाई हाँसोमा उडाउन् कन्टिर–बाबूलाई बाल मतलब छैन । मतलब राखेर पनि के गर्नु हाम्रा ओल्बा सुध्रिनेवाला जीव होइनन् । कोही चाहे जो हो, हम नही सुधरेगें भन्छ भने कन्टिर–बाबूको मात्र होइन, देवाधिदेव महादेव पशुपतिनाथको पनि केही लाग्दैन !

ओल्बाले मध्यरातमा संसद् विघटनको सिफारिस गरुन् कि देउवाले एक सय ४९ सांसदको हस्ताक्षर पुर्‍याएको थाहा पाउनासाथ हतार–हतार एमाले र जसपाको पत्रमात्रका आधारमा एक सय ५३ सांसदको सङ्ख्या पुर्‍याएको दाबी गरुन्, कन्टिर–बाबूलाई कुनै मतलब भएन ।

राजनीतिमा केको विधान, केको प्रक्रिया ? केको नैतिकता, केको इमानदारी ? जो जिता वही सिकन्दरवाला शैलीमा कोही राजनीति गर्न चाहन्छ भने कन्टिर–बाबू ओल्बाले नै पटक–पटक भने जस्तो– भीरबाट लड्ने गोरुलाई राम–राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।

यस्तो जगजगी परिस्थितिमा दुःख–मनाउ गरेर मात्र के गर्नु ? त्यसैले कन्टिर–बाबू आज ओल्बाप्रति कुनै टिप्पणी गर्नेवाला छैनन् । मात्र आशावादी छन्– अबचाहिँ ओल्बाको ध्यान कोरोनाको अहिले चलिरहेको दोस्रो र चुनाव हुने भनिएको कात्तिक–मङ्सिरतिर आउने प्रक्षेपण गरिएको तेस्रो भेरियन्टप्रति पक्कै पनि गम्भीर हुनेछ । 

कोशी अनलाईनबाट 

प्रतिक्रिया