Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कोरोना महामारी विरुद्धको बुटी बनोस् बुद्ध जयन्ति

कोरोना महामारी विरुद्धको बुटी बनोस् बुद्ध जयन्ति

आज २५६५ औं बुद्ध जयन्ति,अर्थात बैशाख शुक्ल पुर्णिमा । शान्तिका अग्रदुत एमं एसियाका तारागौतम बुद्ध (सिद्धार्थ गौतम) जन्मेको दिन । कोरोना माहामारीको बिरुद्धको लडाईमा अग्र–भागमा खटिनु भएका चिकिस्तक, स्वास्थ्यक्रमी,सुरक्षाकर्मी तथा स्वंमसेवक प्रति उच्च सम्मान, संंक्रमितको सिघ्रस्वास्थ्य लाभ र कोरोना माहामारीको कारण मृतवर गर्नु भएकाहरुको शान्तिका लागि नेपाल सरकारले आज जेठ १२ गते लाईबुद्ध जयन्ती भब्यताका साथ मनाउन सबै नेपाली नागरिकलाइ अनुरोध गरेको छ ।

प्रत्येक बर्ष विभिन्न कार्यक्रम मार्फत धुम्धामकासाथ मनाइने बुद्ध जयन्तियस गत बर्ष झै यस पनि कोरोनाको कारणले हामी नेपालीहरु घर–घरमा मनाउन बाध्य भएका छौ । आज बिहान देखी आ–आफ्नो सामाजिक संजालहरु मार्फत बुद्ध जयन्तीको शुभकामना आदान प्रदान गर्दै एक आपसमा बुद्ध जयन्ती मनाइ रहेका छौ र भनि रहेका छौ हे भगवान “गौतम बुद्ध” हाम्रो देशबाट कोरोना भाइरसलाई निर्मुल पारिदेउ ।त्यसै गरि बुद्ध जयन्तिको अवसर पारेर आज विश्वका आम मानिसहरु आफ्नो प्रार्थनामा भन्दैछन “कोरोना भाइरसको माहामारीबाट उन्मुक्ति पाइयोस् र हामी सामान्य जीवनशैलीमा फर्कन पाँउ । 

विश्वका धेरै देश जस्तै कोरोना माहामारीको चपेटाबाट हाम्रो देश पनि अछुतो रहन सकेन । जनसंख्याको अनुपातमा  एकै दिन संक्रमित हुने र मर्ने मानिसको संख्या नेपालमा धेरै छ । आज देश बन्दाबन्दीमा छ । हाम्रा दैनिक क्रियाकलापहरु ठप्प छन । घर भित्रै बस्दा पनि कति खेर संक्रमित भइने हो भन्ने डरले त्रसित छौ । हामी नेपालीको जन जीवन सामान्य बनाउन वा माहामारीलाइ रोक्न रात–दिन, भोक–निन्द्रा,घाम–पानीर गाह्रो–सारो नभनि सुरक्षाकर्मी र स्वास्थ्यक्रमी खटिरहेका छन । यस्तो कठिन अवस्थामा आफ्नो ज्यानलाइ जोखिममा राखि सहयोग गर्ने स्वास्थ्यक्रमी, सुरक्षाक्रर्मीर स्वंमसेवक माथि कहि कतै अभद्र व्यवहारका घटना भएका समाचार दिन प्रति दिन आई रहेका छन । हामी नेपालीका यस्ता अनैतिक,अभद्र तथा अमानविय ब्यवहारले हाम्रो देशमा जन्मेका शान्तिका अग्रदुत गौतम बुद्धको सपना पुराहुदैन कि भन्ने प्रश्न उब्जेको छ । यो हामी सबैका लागि मनन् गर्नु पर्ने कुरा हुन सक्छ । 

आम नेपाली नागरिक माथि नै संकटभएको बर्तमान अवस्थामा सम्पुर्ण राजनितीकदल र सरकार मिलेर कोरोना रोकथामका लागि एकजुट भएर ठोस योजना तथा रणनिती तयार गर्नु पर्नेमा राजनीतिक दल र तिनका नेता ब्यक्तिगत स्वार्थ र दलगत स्वार्थमा च्युत भएका छन । दिन प्रतिदिन देशमा भ्रष्टाचार बढेको छ । विभिन्न बाहानामा सरकार जनता प्रतिको जवाफदेहिता तथा उत्तरदायित्वबाट उम्कन खोज्छन । नेपाल सरकार गरिब,दलित,महिला,पछाडि पारिएका विपन्न बर्गहरुको गास र बासको ग्यारेन्टी गर्न सकिरहेको छैन । देशले अराजकता होइन शान्ति चाहेको छ । कुशासन होइन सुशासन चाहेको छ । नेपाली जनता फुटमा होइन एकतामा विश्वास गर्छन । देशलाइ टुक्रा टुक्रा बनाउने नभइ एक ढिक्का बनाउने नेतृत्व चाहिएको छ । ईमान्दारलाइ प्रोत्साहन, पुरस्कृत गर्ने र भ्रष्ट आचरण भएकालाइ दण्ड–सजाय गर्ने र कार्यकर्तालाइ भन्दा पनि आम नेपालीको लागि काम गर्ने निश्पक्ष सरकार चाहिएको छ । दुखका साथ भन्नु पर्ने हुन्छ, नेपाली जनताले त्यो अनुभूति गर्न पाइरहेका छैनन् । 

एकले अर्कोलाइ राम्रो काममा समर्थन गरौं, नराम्रो कामको शान्ति पुर्वक विरोध गरौ । खराब आचरणको डटेर शालिनता पुर्वक सामना गरौं । हिंसा होइन अहिंसा रोजौं । सबै मिलेर कोराना भाइरसलाइ निर्मुल पारौं र देशमा सुख शान्ति कायम गरौं।यहिछ, २५६५औं बुद्ध जयन्तिको सबैमा शुभकामना ।

प्रतिक्रिया