ताजा अपडेट
पशुपतिका भट्टलाई नहटाउने : पशुपति विकास कोष
पशुपतिमा कार्यरत भट्टहरूलाई हटाउने कुनै सोच नभएको पशुपति विकास कोषले जनाएको छ।बिहीबार कोषले विज्ञप्ति जारी गर्दै पशुपतिमा कार्यरत भट्टहरूलाई हटाउने सोच नभएको प्रष्ट पारेको हो।विभिन्न सञ्चार माध्यममा पशुपति विकास कोषले भट्टहरूलाई हटाउन लागेको भन्ने समाचारहरूको खण्डन गर्दै कोषले बिहीबार विज्ञप्ति जारी गरेको हो।'नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोच नरहेको जानकारी गराउन चाहन्छौं,'विज्ञप्तिमा भनिएको छ।
साथै, नेपाल र भारतबीचको सम्बन्धलाई धुमिलो गर्न कतिपय शक्तिहरू सक्रिय रहेको भन्दै त्यस्ता भ्रामक समाचारका पछि नलाग्न कोषले आग्रह गरेको छ।'नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र साँस्कृतिकरूपमा रहेको प्रगाढ सम्बन्धलाई धुमिल गर्न कतिपय शक्तिहरू सक्रिय रहेको हुँदा त्यस्ता भ्रामक समाचारको पछाडि नलाग्न अनुरोध गर्दछु,' सदस्य सचिव प्रदीप ढकालद्वारा विज्ञप्तिमा उल्लेख छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया