Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

देवीकी रूप छाेरी र डरलाग्दो भ्रुण ह'त्या

देवीकी रूप छाेरी र डरलाग्दो भ्रुण ह'त्या

धिरज कुँवर 
आधुनिक युगमा मानिसका विचार र स्तर पनि परिवर्तन हुँदैछन्। सामाजिक मान्यता पनि फेरिँदैछ। प्राचीन युगमा महिलाको बिषयमा "यत्र नारायणस्तु पूज्यन्ते रमन्ते तत्र देवता" भनिएको थियो, अर्थात जहाँ महिलाहरूको पूजा गरिन्छ, त्यहाँ देवीदेवताको बास हुन्छ। तर यो हाम्रै दुर्भाग्य हो कि महिलाले समाजमा उचित सम्मान पाइरहेका छैनन्। एकातिर, छोरिलाई पूजा गरिन्छ, उनलाई देवी मानिन्छ। अर्कोतर्फ, छोरीको भ्रुण गर्भमा प्रवेश गर्नेबित्तिकै, उसलाई मार्ने योजना बनाइन्छ। भ्रूण ह'त्याको अर्थ बच्चा आउनेबित्तिकै मार्नु हो। मान्छेले यो बारेमा बिलकुलाई सोच्दैनन्। त्यति गर्दासम्म उनीहरुलाई अपराध गरेकाे बोधसम्म हुन्न, अपराधको कुरा छोडिदिनु गल्ती गरेकोसम्म बोध हुन्न ।

अत्यधिक भ्रूण ह'त्या समाजका लागि हानिकारक छ। यो प्रमाणित भएको छ कि छोरीहरू छोराभन्दा चतुर हुन्छन्। छोराहरूले आफ्ना आमाबाबुलाई छोडेर जान्छन्, तर छोरीहरूले आफ्ना बाबुआमाको सधैँ हेरचाह गर्छन् ! तर पनि आमाबुवा पुत्रमोहमा डुबेर छोरीलाई गर्भमै मार्छन्। यहाँ हरेक परिवारलाई एउटा छोराे नै चाहिन्छ। त्यसैले त उखान भयो माठाई होऊ छोरो होऊ। प्राय धेरैले छोरी चाहन्नन् । यो पनि एक प्रकारको देशद्रोह नै हो किनकी राष्ट्रको उन्नतिका लागि महिला र पुरुष दुवैको समानुपातिक सहभागिता हुन जरुरी छ । कन्या भ्रुण ह'त्याका लागि स्वास्थ्यको क्षेत्रमा भएको वैज्ञानिक उन्नति र समाजको रोगी मानसिकता दुवै जिम्मेवार छन् ।भ्रुण परीक्षणको खोज भ्रूणको स्वास्थ्यका लागि गरिएको थियो, तर पछि यसकाे प्रयोग लिङ्ग परीक्षणका रुपमा हुन थाल्यो ।

यसरी भ्रुण ह'त्याका कारण धेरै महिलाहरू मृत्युको शिकार हुन्छन्। धेरै पटक गर्भपतनका कारण फेरि आमा बन्न असमर्थ हुछन्। यसका लागि संविधानमा रहेका कानुनका धाराभन्दा पनि तपाईं हामीले विचार र साेच परिवर्तन गर्नु आवश्यक छ यो कु-प्रथा फैलिनुमा थुप्रै कारण छन्। हाम्रो समाजमा यो विश्वास गरिन्छ कि छोरीहरू अर्काको सम्पति हुन्छन्। छोराले अन्तिम अवस्थासम्म बाबुआमालाई सहयोग गर्दछ। तर छोरीले विवाह गरेर आफ्नो पतिको घरमा जान्छे। विवाह हुनुभन्दा अघि नै छोरीलाई पराईकाे धन भनिन्छ। सासू ससुराले पनि बुहारीलाई अर्काकी छोरी भनेर छोरीकै रूपमा ग्रहण गर्दैनन्। पुरुषप्रधान मानसिकता नै ,कन्या भ्रुण ह'त्याको प्रमुख कारण हो । सम्पत्तिको भावी उत्तरअधिकारी पनि छोरी नभई छोरालाई नै सोचिन्छ। यो कु-प्रथा बढाउने श्रेय पनि महिलालाई नै जान्छ। महिलाहरू महिलाकै दुष्मनको रूपमा छोरी जन्माउन चाहँदैनन्। यदि बुहारीले छोरालाई जन्माउँछिन् भने उनी बहुरानी हुन्छिन्, अन्यथा उनलाई शारीरिक र मानसिक यातना दिइन्छ ।

यदि ती महिलाले कु-कर्मविरूद्ध एकजुट भएर लाग्छन् भने यसलाई सजिलै हटाउन सकिन्छ । महिलाहरूले मात्र यो कु-प्रथा रोक्न सक्छन् । महिलाहरूको मौन समर्थन र स्वीकृतिका कारण कन्या भ्रुण ह'त्याको समस्या विकराल हुँदैछ। हाम्रो समाजमा छोरीहरूलाई असुरक्षाको कारणका रूपमा लिइन्छ। आज पनि केटीको पढाइ, लेखन, पालनपोषणमा धेरै पैसा खर्च गर्नु बेकार मानिन्छ, किनकि एक न एक दिन त उनले आफ्नो पोइली घर जानुछ र दाइजो पनि धेरै दिनुपर्ने हुन्छ। वंशको नाम त केवल छोराले बढाउनेछ । हामी महिलालाई देवीका रूपमा पूजा गर्छौं तर उनको जन्म हुनबाट रोक्छौं। छोरा जन्मँदा मिठाई बाँडिन्छ, भोज खुवाइन्छ । त्यही समयमा छोरी जन्मिइन भने कोही खुसी बाँड्दैनन, केवल दु:खी हुन्छन् । विज्ञानका अनुसार छोरा वा छोरीको लागि पुरुष जिम्मेवार नै हुन्छ, तर आज पनि समाजमा छोरी जन्मिएपछि महिलालाई दोष दिइन्छ। हाम्रो देशमा त्यस्ता कयाैं उदाहरणीय छोरीछन्, जसले देश र आफ्नो अभिभावकको नाम उच्च राखेकी छिन । हाम्रो हिन्दू संस्कृतिमा महिलाले उच्च स्थान पाएकी छिन  तर समाजका धेरै ठेकेदारले नारीलाई आफ्नो इच्छा अनुसार व्याख्या गरेर छोरीहरूलाई नराम्रो प्रमाणित गरे। देशको जनसंख्याको ठूलो भाग गरिबीमा बाँचिरहेको छ। त्यसैले छोरा हुर्केपछि पैसा कमाएर परिवारको आर्थिक भार कम गर्दछ भन्ने विश्वास छ । यदि छोरी जन्मिइ भने उसलाई दाइजोमा धेरै पैसा तिर्नुपर्ने डर अनि लालचका कारण गरिब मानिसमा छोरा पाउने बढी इच्छा हुन्छ। त्यसकारण उनीहरूले छोरा पाउने लालसा राख्छन्, तर छोरी गर्भमा छ भन्ने थाहा पाउनेबित्तिकै उनीहरू गर्भपतन गर्छन । यो समस्या अशिक्षितमा मात्रै होइन, शिक्षितमा पनि बढिरहेको छ।

आज छोरीहरू सबै क्षेत्रमा छोराभन्दा अगाडि छन् । धेरै महिलाहरू प्रतिष्ठित संस्थाका प्रमुख छन । तिनीहरू आर्थिक रूपमा पनि राम्रो हैसियतमा छन्। हरेकले आफ्नो विचारधारा परिवर्तन गर्नुपर्ने हुन्छ। छोरा र छोरीलाई समान अधिकार र सम्मान दिनुपर्छ। यदि समाजका मानिसहरूले आफ्नो सोच बदल्छन् भने भ्रुण ह'त्या जस्ता श्राप उन्मूलन गर्न सकिन्छ। यससँगै महिलाहरूले पनि दृढ संकल्प गर्न जरुरी छ । आफुले कुनै पनि मूल्यमा भ्रुण ह'त्यालाई अनुमोदन गर्दिनँ भन्ने वाचा गरे यो प्रथा आफैं हट्नेछ ।
 

प्रतिक्रिया