Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २९ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सामाजिक कार्यमा सक्रिय बन्दै हेल्थ असिस्टेन्ट एसोसिएशन अछाम ,उपाध्यक्षद्धारा जन्मदिनमा फलफुल वितरण

सामाजिक कार्यमा सक्रिय बन्दै हेल्थ असिस्टेन्ट एसोसिएशन अछाम ,उपाध्यक्षद्धारा जन्मदिनमा फलफुल वितरण

(अछाम)

हेल्थ असिस्टेन्ट एसोसिएशन, जिल्ला समिती अछामका उपाध्यक्ष छत्र साउदले जन्मदिनमा बिरामीलाई स्वास्थ्य सामग्री र फलफुल वितरण गरेका छन् ।

हानका उपाध्यक्ष साउदले जन्म दिनको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल ,साबुन र मास्क वितरण गरेका हुन् । आफु कार्यरत अस्पतालमा भर्ना भएका ४० भन्दा बढी बिरामीलाई स्वास्थ्य सामाग्री सहित फलपुल वितरण गरेको उनले बताए ।

५ बर्षभन्दा बढी देखि बयालपाटा अस्पतालमा कार्यरत साँउदले फजुल खर्च गररे जन्मदिन मनाउनु भन्दा मानवताको भावनाले समाजसेवा गर्नु उत्तम भएको भन्दै बिरामीलाई सहयोग गरेको बताए । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने लाग्छ । आगामी दिनमा सक्दोे सहयोग गर्नेछु । सामाजिक कार्यमा रहनेछु ’ साउदले भने ,‘लकडाउनले पारेको असरले जताततै अभाव र त्रास भईरहेका बेला रचनात्मक कार्य गर्न पाउनु सकरात्मक प्रेरणा मिलेको छ ।’

स्वास्थ्य सामाग्री तथा फलफुल वितरण कार्यक्रममा हाड जोर्नी विशेषज्ञ डाक्टर मन्दिप पाठकलगायत अन्य स्वाथकर्मीको सहभागिता रहेको थियो ।साँउदले यसअघिका दिनहरुमा अस्पतालबाट रेफर भएका आर्थिक अवस्था कम्जोर भएका बिरामीलाई पनि सहयोग गर्नुका साथै आर्थिक संकलनको नेतृत्व समेत गरेका थिए भने निशुल्क स्वास्थ्य सामाग्री समेत वितरण गरेका थिए । बयालपाटा अस्पतालमा कार्यरत अन्य कर्मचारीहरुले पनि अन्य सामाजिक कार्यहरु गर्दै अाईरहेका छन। बिरामी लाई रगतको आबश्यक पर्दा रक्तदान,बेबारिसे बिरामी आएभने उस्का घर सम्म सम्पर्क गराई दिने , घर सम्म जान नसक्ने हरु लाई गाडी वाला सङ्ग सहकार्य गरेर घर पठाई दिने र बिरामी लाई रिफर गर्दा पैसो उठाएर ठूलो अस्पतालमा पठाउने गरेको हेल्थ असिस्टेन्ट एसोसिएशन नेपाल( HAAN )अछामका सल्लाहकार महेन्द्र बहादुर बयकले बताएका छन। अस्पतालमा विरामीको सेवामा क्रियाशिल रही सबैको मन जित्न सफल भएका साँउदले आगामी दिनमा पनि यस क्षेत्रका जनताको सेवामै सक्रिय भएर काम गर्ने धारणा व्यक्त गरेका छन। । लकडाउनको त्रास भईरहेका बेला सेवामुलक कार्य गर्न पाउदा आफुमा सकारात्मक प्रेरणा मिलेको भन्दै उनले खुशी व्यक्त गरेका छन । 

प्रतिक्रिया