Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सामाजिक कार्यमा सक्रिय बन्दै हेल्थ असिस्टेन्ट एसोसिएशन अछाम ,उपाध्यक्षद्धारा जन्मदिनमा फलफुल वितरण

सामाजिक कार्यमा सक्रिय बन्दै हेल्थ असिस्टेन्ट एसोसिएशन अछाम ,उपाध्यक्षद्धारा जन्मदिनमा फलफुल वितरण

(अछाम)

हेल्थ असिस्टेन्ट एसोसिएशन, जिल्ला समिती अछामका उपाध्यक्ष छत्र साउदले जन्मदिनमा बिरामीलाई स्वास्थ्य सामग्री र फलफुल वितरण गरेका छन् ।

हानका उपाध्यक्ष साउदले जन्म दिनको अवसरमा बयालपाटा अस्पतालका बिरामीलाई फलफुल ,साबुन र मास्क वितरण गरेका हुन् । आफु कार्यरत अस्पतालमा भर्ना भएका ४० भन्दा बढी बिरामीलाई स्वास्थ्य सामाग्री सहित फलपुल वितरण गरेको उनले बताए ।

५ बर्षभन्दा बढी देखि बयालपाटा अस्पतालमा कार्यरत साँउदले फजुल खर्च गररे जन्मदिन मनाउनु भन्दा मानवताको भावनाले समाजसेवा गर्नु उत्तम भएको भन्दै बिरामीलाई सहयोग गरेको बताए । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने लाग्छ । आगामी दिनमा सक्दोे सहयोग गर्नेछु । सामाजिक कार्यमा रहनेछु ’ साउदले भने ,‘लकडाउनले पारेको असरले जताततै अभाव र त्रास भईरहेका बेला रचनात्मक कार्य गर्न पाउनु सकरात्मक प्रेरणा मिलेको छ ।’

स्वास्थ्य सामाग्री तथा फलफुल वितरण कार्यक्रममा हाड जोर्नी विशेषज्ञ डाक्टर मन्दिप पाठकलगायत अन्य स्वाथकर्मीको सहभागिता रहेको थियो ।साँउदले यसअघिका दिनहरुमा अस्पतालबाट रेफर भएका आर्थिक अवस्था कम्जोर भएका बिरामीलाई पनि सहयोग गर्नुका साथै आर्थिक संकलनको नेतृत्व समेत गरेका थिए भने निशुल्क स्वास्थ्य सामाग्री समेत वितरण गरेका थिए । बयालपाटा अस्पतालमा कार्यरत अन्य कर्मचारीहरुले पनि अन्य सामाजिक कार्यहरु गर्दै अाईरहेका छन। बिरामी लाई रगतको आबश्यक पर्दा रक्तदान,बेबारिसे बिरामी आएभने उस्का घर सम्म सम्पर्क गराई दिने , घर सम्म जान नसक्ने हरु लाई गाडी वाला सङ्ग सहकार्य गरेर घर पठाई दिने र बिरामी लाई रिफर गर्दा पैसो उठाएर ठूलो अस्पतालमा पठाउने गरेको हेल्थ असिस्टेन्ट एसोसिएशन नेपाल( HAAN )अछामका सल्लाहकार महेन्द्र बहादुर बयकले बताएका छन। अस्पतालमा विरामीको सेवामा क्रियाशिल रही सबैको मन जित्न सफल भएका साँउदले आगामी दिनमा पनि यस क्षेत्रका जनताको सेवामै सक्रिय भएर काम गर्ने धारणा व्यक्त गरेका छन। । लकडाउनको त्रास भईरहेका बेला सेवामुलक कार्य गर्न पाउदा आफुमा सकारात्मक प्रेरणा मिलेको भन्दै उनले खुशी व्यक्त गरेका छन । 

प्रतिक्रिया