Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २७ पुष २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

अछामका स्थानीय तहको ४२ करोड बढी बेरुजु

अछामका स्थानीय तहको ४२ करोड बढी बेरुजु

 गीता कुवँर (अछाम)

 अछामका स्थानीय तहको बेरुजु ४२ करोड बढी रहेको छ। महालेखा परीक्षक महालेखा परीक्षकका अनुसार दश वटै स्थानीय तहहरुको बेरुजु ४२ करोड ४५ लाख ५० हजार रहेको उल्लेख छ । 

दश स्थानीय तहमध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ८ करोड ९४ लाख ३० हजार बेरुजु देखिएको छ।  १ अर्ब २६ करोड ३४ लाख ९ हजार लेखा परिक्षण गरिएकोमा उक्त रकम बेरुजु देखिएको हो । यसैगरी सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ४९ लाख २६ हजार बेरुजु देखिएको हो ।

६ करोड १४ लाख ८ हजार रकम लेखा परिक्षण गरिएको थियो । यसैगरी मंगलसेन नगरपालिकाको १ अर्ब १३ करोड ८१ लाख १५ हजार लेखा परिक्षण गरिएकोमा ३ करोड ९० लाख ९७ हजार बेरुजु देखिएको छ । मेल्लेख गाउँपालिकाको ८ करोड ७९ लाख ७१ हजार बेरुजु रहेको छ । 

चौरपाटी गाउँपालिकाको ५करोड ५ लाख ९३ हजार,कमलबजार नगरपालिकाको ३ करोड ६२ लाख ४० हजार,रामारोशन ३ करोड ४६ लाख ३२ हजार,पञ्चदेवल बिनायक नगरपालिकाको ३ करोड ४१लाख ८२ हजार,तुर्माखाँद गाउँपालिकाको १करोड ४१लाख ६२ हजार बेरुजु र ढकारी गाउँपालिकाको ७३लाख १७ हजार रकम बेरुजु देखिएको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ । 

महालेखा परीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा कमलबजार नगरपालिकाले खानेपानी योजनाको ३६ लाख ८ हजार बराबरको रकम काम नगरी भुक्तानी गरेको भन्दै असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै साँफेबगर नगरपालिकाले करारका कर्मचारीलाई दोहोरो रकम भुक्तानी गरेको छ । तलब तथा चाडपर्व खर्च भनेर भुक्तानी गरेको १७ लाख ७८ हजार रकम असुल गर्नुपर्ने उल्लेख गरेको छ । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया