Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २६ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछामका स्थानीय तहको ४२ करोड बढी बेरुजु

अछामका स्थानीय तहको ४२ करोड बढी बेरुजु

 गीता कुवँर (अछाम)

 अछामका स्थानीय तहको बेरुजु ४२ करोड बढी रहेको छ। महालेखा परीक्षक महालेखा परीक्षकका अनुसार दश वटै स्थानीय तहहरुको बेरुजु ४२ करोड ४५ लाख ५० हजार रहेको उल्लेख छ । 

दश स्थानीय तहमध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ८ करोड ९४ लाख ३० हजार बेरुजु देखिएको छ।  १ अर्ब २६ करोड ३४ लाख ९ हजार लेखा परिक्षण गरिएकोमा उक्त रकम बेरुजु देखिएको हो । यसैगरी सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ४९ लाख २६ हजार बेरुजु देखिएको हो ।

६ करोड १४ लाख ८ हजार रकम लेखा परिक्षण गरिएको थियो । यसैगरी मंगलसेन नगरपालिकाको १ अर्ब १३ करोड ८१ लाख १५ हजार लेखा परिक्षण गरिएकोमा ३ करोड ९० लाख ९७ हजार बेरुजु देखिएको छ । मेल्लेख गाउँपालिकाको ८ करोड ७९ लाख ७१ हजार बेरुजु रहेको छ । 

चौरपाटी गाउँपालिकाको ५करोड ५ लाख ९३ हजार,कमलबजार नगरपालिकाको ३ करोड ६२ लाख ४० हजार,रामारोशन ३ करोड ४६ लाख ३२ हजार,पञ्चदेवल बिनायक नगरपालिकाको ३ करोड ४१लाख ८२ हजार,तुर्माखाँद गाउँपालिकाको १करोड ४१लाख ६२ हजार बेरुजु र ढकारी गाउँपालिकाको ७३लाख १७ हजार रकम बेरुजु देखिएको महालेखाको प्रतिबेदनमा उल्लेख गरिएको छ । 

महालेखा परीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा कमलबजार नगरपालिकाले खानेपानी योजनाको ३६ लाख ८ हजार बराबरको रकम काम नगरी भुक्तानी गरेको भन्दै असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ । यस्तै साँफेबगर नगरपालिकाले करारका कर्मचारीलाई दोहोरो रकम भुक्तानी गरेको छ । तलब तथा चाडपर्व खर्च भनेर भुक्तानी गरेको १७ लाख ७८ हजार रकम असुल गर्नुपर्ने उल्लेख गरेको छ । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया