Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०४ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

अर्जेन्टिना जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार विहान ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए। कोलम्बियाका लागि खेलको ६१ औं मिनेटमा लुइस डियाजले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए, तर त्यसपछि दुबै टिमले गोल गर्न सकेनन्।

निर्धारित ९० मिनेटको खेल बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे। अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले गोल गर्दा रोड्रिगो डी पाउल गोल गर्न चुके। 

उता कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो तीनवटा प्रहार अर्जेन्टिनाका गोल रक्षक मार्टिनेजले रोकेका थिए। फाइनल प्रवेशसँगै अर्जेन्टिनाले अब उपाधिका लागि ब्राजिलसँग खेल्नेछ।

प्रतिक्रिया

ट्रेन्डिङ