Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मेस्सीले उचाले आफ्नो पहिलो महादेशीय उपाधि, अर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका च्याम्पियन

मेस्सीले उचाले आफ्नो पहिलो महादेशीय उपाधि, अर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका च्याम्पियन

जारी कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ। अर्जेन्टिनाले आफ्नो पुरानो तथा बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै २८ वर्षपछि महादेशीय उपाधि चुमेको छ।

ब्राजिलको रियो डे जिनेरोस्थित ‘माराकाना’मा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शनी देखायो। एट्याक र डिफेन्स दुवैमा निकै सन्तुलित देखिएको अर्जेन्टिनाले ब्राजिलको एट्याकलाई पटक पटक विफल पार्न सफल भएको थियो।

दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपनि खेलमा अग्रता भने अर्जेन्टिनाले लिन सफल भयो। पहिलो हाफको २२औं मिनेटमा अर्जेन्टिनी फरवार्ड एन्जल डि मारियाले शानदार गोल गर्दै अर्जेन्टिनालाई खेलमा अग्रता दिलाए। रोड्रिगो डे पलको उत्कृष्ट लङ पासमा डि मारियाले ‘चिप शट’ प्रहार गरेका थिए।

दोस्रो हाफमा ब्राजिलले आफ्नो अग्रपंक्तिमा केहि खेलाडी प्रतिस्थापन गर्यो। त्यसपछि खेलमा निकै बलियो देखिएपनि ब्राजिलको कुनै पनि एट्याकले बराबरी गोल भेट्टाउन सकेन। खेलमा ब्राजिलले गोल नगरेको भने होइन। दोस्रो हाफको ५२ मिनेटमा ब्राजिलियन स्ट्राइकर रिचारलिसनले गोल गरेका थिए तर उनी अफसाइड रहेको भन्दै सो गोल खारेज गरिएको थियो।

यस संस्करणको कोपा अमेरिकामा पहिलो पटक दर्शकलाई अनुमति दिइएको खेलमा ७,८०० दर्शकमाझ दुवै टोलीले निकै आक्रामक खेल प्रस्तुत गरेका थिए। निर्धारित ९० मिनेटको समयमा ९ पहेंलो कार्ड प्रदान गरिएको खेलमा धेरै चर्काचर्की भएका थिए।

यस जितसँगै अर्जेन्टिनाले आफ्नो सबै भन्दा ठूलो प्रतिद्वन्दी ब्राजिललाई उसैको घरेलु मैदानमा पराजित गर्दै २८ वर्षपछि कोपा अमेरिका उपाधि उचाल्न सफल भएको हो। त्यस्तै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको पनि अर्जेन्टिनी जर्सीमा यो पहिलो प्रमुख उपाधि हो। सन् २०१४ को फिफा विश्वकप फाइनल र सन् २०१५ को कोपा अमेरिका फाइनलमा पराजय भोगेका मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय तथा कोपा अमेरिका उपाधि उचालेका छन्।

प्रतिक्रिया