Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०९ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मेस्सीले उचाले आफ्नो पहिलो महादेशीय उपाधि, अर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका च्याम्पियन

मेस्सीले उचाले आफ्नो पहिलो महादेशीय उपाधि, अर्जेन्टिना २८ वर्षपछि कोपा अमेरिका च्याम्पियन

जारी कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनाले जितेको छ। अर्जेन्टिनाले आफ्नो पुरानो तथा बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै २८ वर्षपछि महादेशीय उपाधि चुमेको छ।

ब्राजिलको रियो डे जिनेरोस्थित ‘माराकाना’मा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमा उत्कृष्ट प्रदर्शनी देखायो। एट्याक र डिफेन्स दुवैमा निकै सन्तुलित देखिएको अर्जेन्टिनाले ब्राजिलको एट्याकलाई पटक पटक विफल पार्न सफल भएको थियो।

दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपनि खेलमा अग्रता भने अर्जेन्टिनाले लिन सफल भयो। पहिलो हाफको २२औं मिनेटमा अर्जेन्टिनी फरवार्ड एन्जल डि मारियाले शानदार गोल गर्दै अर्जेन्टिनालाई खेलमा अग्रता दिलाए। रोड्रिगो डे पलको उत्कृष्ट लङ पासमा डि मारियाले ‘चिप शट’ प्रहार गरेका थिए।

दोस्रो हाफमा ब्राजिलले आफ्नो अग्रपंक्तिमा केहि खेलाडी प्रतिस्थापन गर्यो। त्यसपछि खेलमा निकै बलियो देखिएपनि ब्राजिलको कुनै पनि एट्याकले बराबरी गोल भेट्टाउन सकेन। खेलमा ब्राजिलले गोल नगरेको भने होइन। दोस्रो हाफको ५२ मिनेटमा ब्राजिलियन स्ट्राइकर रिचारलिसनले गोल गरेका थिए तर उनी अफसाइड रहेको भन्दै सो गोल खारेज गरिएको थियो।

यस संस्करणको कोपा अमेरिकामा पहिलो पटक दर्शकलाई अनुमति दिइएको खेलमा ७,८०० दर्शकमाझ दुवै टोलीले निकै आक्रामक खेल प्रस्तुत गरेका थिए। निर्धारित ९० मिनेटको समयमा ९ पहेंलो कार्ड प्रदान गरिएको खेलमा धेरै चर्काचर्की भएका थिए।

यस जितसँगै अर्जेन्टिनाले आफ्नो सबै भन्दा ठूलो प्रतिद्वन्दी ब्राजिललाई उसैको घरेलु मैदानमा पराजित गर्दै २८ वर्षपछि कोपा अमेरिका उपाधि उचाल्न सफल भएको हो। त्यस्तै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको पनि अर्जेन्टिनी जर्सीमा यो पहिलो प्रमुख उपाधि हो। सन् २०१४ को फिफा विश्वकप फाइनल र सन् २०१५ को कोपा अमेरिका फाइनलमा पराजय भोगेका मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय तथा कोपा अमेरिका उपाधि उचालेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ