Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २६ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रेस युनियन अछामद्वारा पत्रकारलाई सुरक्षा सामग्री वितरण

प्रेस युनियन अछामद्वारा पत्रकारलाई सुरक्षा सामग्री वितरण

अछाम ,साउन ६
नेपाल प्रेस युनियन अछामले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन पत्रकारहरुलाई अत्यावश्यक सुरक्षा सामाग्री उपलब्ध गराएको छ ।
लकडाउनको समयमासमेत समाचार संकलनमा चौतर्फी पुग्ने पत्रकारहरुका लागि मास्क, सेनिटाइजर, प्रेस जकेट लगायतका सामाग्री वितरण गरिएको युनियनका सचिव शुसिल भण्डारीले जानकारी दिनुभयो ।
युनियनका जिल्ला सचिव भण्डारीका अनुसार समाचार संकलनका क्रममा पत्रकार उच्च जोखिममा रहने गरेकोले त्यसबाट जोगिनका लागि जिल्लाका क्रियासिल पत्रकारलाई सुरक्षा सामाग्री वितरण गरिएको हो ।
नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमितिमार्फत प्राप्त सुरक्षा सामाग्री एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । 
नेपाल प्रेस युनियन अछाम शाखाका कार्यवाहक अध्यक्ष लोकराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वार रहनुभएको थियो  । कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस अछामका पुर्व पार्टी सभापति पुष्पबहादुर शाह,नेपाल प्रेस युनियन केन्द्रिय सदस्य रामबहादुर कुवँर रहनु भएको थियोे ।
 कार्यक्रममा नेपाल पत्रकार महासंघ अछाम शाखाका पुर्व अध्यक्ष वेदप्रकाश तिमिल्सैना,जनकराज भण्डारी ,वर्तमान अध्यक्ष खम्म खत्री ,नेपाल फोटो पत्रकार महासंघ अछामका अध्यक्ष धिरज कुवँरलगायतको उपस्तिथि रहेकोे थियोे । उपाध्यक्ष सरिता खडकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव सुशील भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया