Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हरायो

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हरायो

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हराएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्णमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री नायक रहे । उनले एक गोल गर्नुका साथै थप एक गोलको अवसर सिर्जना गरे । नेपालका तेज तामाङले एक गोल फर्काए ।

खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीको गोलमा भारतले अग्रता बनाएको थियो । भारतीय डिफेन्डर चिन्गलेनसाना सिंह कोन्शामको क्रसमा सुनिल क्षेत्रीले हेडमार्फत डिबक्सभित्र उपलब्ध गराएको बलमा चौधरीले गोल गरेका थिए ।

खेलको ८० औं मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाउने काम गरे । गोलका लागि हतारिएको नेपाली टिमविरुद्ध काउन्टरमा क्षेत्रीले भारतका लागि दोस्रो गोल गरेका थिए ।

खेल सकिन ५ मिनेट अघि तेजले नेपालका तर्फबाट एक गोल फर्काए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भए । झण्डै २० यार्ड टाढाबाट तेजको शक्तिशाली प्रहारले जाली चुमेको थियो ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतलाई मैत्रीपूर्ण फुटबल खेलका लागि काठमाडौंमा आतिथ्यता प्रदान गरेको थियो । भारतविरुद्ध दुई मैत्रीपूर्ण फुटबल खेलेर साफको अन्तिम तयारीमा जुट्ने नेपालको योजना छ ।

बिहिबार पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ