Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २६ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

खुले त्रिविका देशभरका क्याम्पस, स्थगित परीक्षा भदौ पहिलो सातादेखि गर्ने तयारी

खुले त्रिविका देशभरका क्याम्पस, स्थगित परीक्षा भदौ पहिलो सातादेखि गर्ने तयारी

करिब चार महिनादेखि बन्द रहेका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभाग तथा आंगिक क्याम्पस  बुधबारदेखि खुलेका छन्।

कोरोनाभाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउन अन्त्य भएसँगै आजदेखि क्याम्पसहरू खुलेको त्रिवि रजिष्ट्रारको कार्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए।

क्याम्पसहरू खुले पनि पठनपाठन भने सुचारू भएको छैन।

‘विद्यार्थीको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत सरकारले निषेध गरेकाबाहेक अन्य सबै कार्य सञ्चालन गर्ने गरी त्रिविका सबै क्याम्पसहरू स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै आजदेखि खुलेको छ,’ अधिकारीले भने।

त्रिविको प्रशासन भने गत असार १ गतेदेखि नै खुलेको थियो। सरकारले मंगलबार राति १२ बजेदेखि लकडाउन अन्त्य भएको घोषणा गरेपछि क्याम्पसहरू खुलेका हुन्।

लकडाउनका बेला क्याम्पसका शिक्षक, कर्मचारीलाई दिइएको बिदासमेत सकिएको अधिकारीले बताए।

‘त्रिविका क्याम्पस र विभागमा सञ्चालित नियमित कक्षा तथा परीक्षालगायत सम्पूर्ण गतिविधि स्थगित गरी शिक्षक कर्मचारी र विद्यार्थीलाई बिदा दिइएकोमा उक्त सार्वजनिक बिदासमेत समाप्त भएको छ,’ उनले भने।

लकडाउन अन्त्य र क्याम्पसहरू खुलेपछि अब चैतमा स्थगित भएका स्नातक र स्नातकोत्तर तहका परीक्षा र पठनपाठन कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल सुरू भएको छ।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक/दुई दिनमा बैठक राखेर परीक्षाबारे निर्णय लिइने जानकारी दिए।

‘हामी एक/दुई दिनमा बैठक बसेर परीक्षाबारे निर्णय गर्छौं,’ उनले सेतोपाटीसँग भने, ‘वार्षीक वा सेमेस्टर प्रणालीका परीक्षा कसरी लिने भन्नेबारे निर्णय गरिन्छ।’

उनकाअनुसार कोरोना कम हुँदै गयो भने पूरानै प्रणालीअनुसार परीक्षा केन्द्रमा विद्यार्थीलाई राखेर लिखित परीक्षा लिइनेछ। कोरोना रहिरहे कसरी परीक्षा गर्ने भन्नेबारे त्रिविले अध्ययन पनि गरेको थियो। त्यसमा अनलाइनबाटलगायत विभिन्न विकल्प थिए।

कोरोना कम भएमा भदौ पहिलो साता परीक्षा लिने गरी त्रिविले तयारी गर्न लागेको हो। बैठक बसेपछि मात्रै परीक्षाको मिति र कार्यतालिका जारी गरिने परीक्षा नियन्त्रक जोशीले जानकारी दिए।

सरकारले भदौ १ गतेदेखि अन्तर जिल्ला (लामो दूरीका) सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरिसकेको छ।

‘सार्वजनिक यातायात चल्न थालेपछि विद्यार्थीहरू परीक्षा केन्द्र आउन लाग्ने समय मध्यनगर गर्दै स्थगित परीक्षाका मिति तय गरिनेछ,’ उनले भने।

विद्यार्थीहरू परीक्षाका लागि तयार रहेकोले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार पूरानै प्रणालीअनुसार परीक्षा सञ्चालन गर्ने तयारीमा आफूहरू रहेको पनि उनले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया