Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

स्वास्थ्यकर्मीले न जोखिम भत्ता पाए, न त बिदाको सुविधा

स्वास्थ्यकर्मीले न  जोखिम भत्ता पाए, न त बिदाको सुविधा

छवि बस्नेत 

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले पाँच महिनादेखि आतंक मच्चाइरहेको छ। नेपालमा पनि यो भाइरसले निकै क्षति पु¥याइसकेको छ।

पछिल्लो समय निकै तीव्र गतिमा फैलिएको कोरोना भाइरससँग लड्न स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन्। तर, सिपाहीको रुपमा भाइरससँग लडिरहेका स्वास्थ्यकर्मीले अर्को आर्थिक वर्ष सुरु भइसक्दा पनि न त जोखिम भत्ता पाएका छन्, न त कुनै बिदाको सुविधा।

उल्टै, कोरोना संक्रमणकै अवस्थामा कति स्वास्थ्यकर्मी कुटिए भने कति डेराबाट निकालिए। कैयौं स्वास्थ्यकर्मी त आफैं संक्रमणको सिकार बन्न पुगे। यो बेलामा स्वास्थ्यकर्मीको एकमात्र माग भनेको आफ्नो ज्यान धरापमा राखी काम गरेवापत केन्द्रीय सरकारद्वारा घोषणा गरिएको सेवा–सुविधा उपयोग गर्न पाउनुपर्छ भन्ने हो।

स्वास्थ्यकर्मीले भिख मागिरहेका छैनन्। उनीहरुले ‘पहिला भत्ता अनि काम’ पनि भनेका छैनन्। उनीहरु लगातार सेवा भावले काम गर्न तल्लीन छन्। अन्य पेसामा जस्तो बीचैमा विश्राम लिने मिल्ने पेसा पनि होइन्, स्वास्थ्य क्षेत्रको काम। आफ्नो नैतिकता कसैले पनि भुलेका छैनन्। घरपरिवारबाट टाढा रहेर पनि स्वास्थ्यकर्मीले लगातार सेवा प्रवाह गरिराखेका छन्।

जतिसुकै जोखिम मोलेर काम गरेको भए पनि स्वास्थ्यकर्मीलाई घोषणा गरेबमोजिम न त जोखिम भत्ता दिइयो, न त कुनै प्रत्साहन नै। त्यसको सट्टामा डिप्रेसनको सिकार बन्न बाध्य बनाइयो। यो बेलामा त स्वास्थ्यकर्मीको मुहारमा खुसीको बिज रोपिनुपर्ने होइन र?

जतिबेला स्वास्थ्यकर्मी कोभिड–१९ सँग लडिरहेका थिए, हाम्रा प्रशासकज्यूहरुले अस्पतालका गेटमा पाइला राख्नेसम्म हिम्मत गर्नु भएन। जनप्रतिनिधि तथा प्रशासकज्यूहरुले बन्द कोठभित्र बसेर निर्देशन मात्र दिनुभयो, यसरी चलखेल गरी जोखिमभत्ता खानु आफैंमा  निन्दनीय र अपमानजनक छ।

महामारीसँग जुधिरहेका र उपचारमा खटिइरहेका स्वास्थ्यकर्मीको मनमा असन्तुष्टि पैदा गरी अन्यायमा पारेर महामारीजन्य युद्ध जित्न सकिएला र? अन्तिम पटक भन्न चाहन्छौं, काम गर्न योग्य रमणीय वातावरण तय गरौं। कोरोनाको बजेट चुहावटलाई समयमै रोकौं, स्वास्थ्यकर्मीलाई साथ दिऔं। 

(बस्नेत रुकुम पूर्व अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत छन्।)

प्रतिक्रिया