Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

स्वास्थ्यकर्मीले न जोखिम भत्ता पाए, न त बिदाको सुविधा

स्वास्थ्यकर्मीले न  जोखिम भत्ता पाए, न त बिदाको सुविधा

छवि बस्नेत 

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले पाँच महिनादेखि आतंक मच्चाइरहेको छ। नेपालमा पनि यो भाइरसले निकै क्षति पु¥याइसकेको छ।

पछिल्लो समय निकै तीव्र गतिमा फैलिएको कोरोना भाइरससँग लड्न स्वास्थ्यकर्मीहरु फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन्। तर, सिपाहीको रुपमा भाइरससँग लडिरहेका स्वास्थ्यकर्मीले अर्को आर्थिक वर्ष सुरु भइसक्दा पनि न त जोखिम भत्ता पाएका छन्, न त कुनै बिदाको सुविधा।

उल्टै, कोरोना संक्रमणकै अवस्थामा कति स्वास्थ्यकर्मी कुटिए भने कति डेराबाट निकालिए। कैयौं स्वास्थ्यकर्मी त आफैं संक्रमणको सिकार बन्न पुगे। यो बेलामा स्वास्थ्यकर्मीको एकमात्र माग भनेको आफ्नो ज्यान धरापमा राखी काम गरेवापत केन्द्रीय सरकारद्वारा घोषणा गरिएको सेवा–सुविधा उपयोग गर्न पाउनुपर्छ भन्ने हो।

स्वास्थ्यकर्मीले भिख मागिरहेका छैनन्। उनीहरुले ‘पहिला भत्ता अनि काम’ पनि भनेका छैनन्। उनीहरु लगातार सेवा भावले काम गर्न तल्लीन छन्। अन्य पेसामा जस्तो बीचैमा विश्राम लिने मिल्ने पेसा पनि होइन्, स्वास्थ्य क्षेत्रको काम। आफ्नो नैतिकता कसैले पनि भुलेका छैनन्। घरपरिवारबाट टाढा रहेर पनि स्वास्थ्यकर्मीले लगातार सेवा प्रवाह गरिराखेका छन्।

जतिसुकै जोखिम मोलेर काम गरेको भए पनि स्वास्थ्यकर्मीलाई घोषणा गरेबमोजिम न त जोखिम भत्ता दिइयो, न त कुनै प्रत्साहन नै। त्यसको सट्टामा डिप्रेसनको सिकार बन्न बाध्य बनाइयो। यो बेलामा त स्वास्थ्यकर्मीको मुहारमा खुसीको बिज रोपिनुपर्ने होइन र?

जतिबेला स्वास्थ्यकर्मी कोभिड–१९ सँग लडिरहेका थिए, हाम्रा प्रशासकज्यूहरुले अस्पतालका गेटमा पाइला राख्नेसम्म हिम्मत गर्नु भएन। जनप्रतिनिधि तथा प्रशासकज्यूहरुले बन्द कोठभित्र बसेर निर्देशन मात्र दिनुभयो, यसरी चलखेल गरी जोखिमभत्ता खानु आफैंमा  निन्दनीय र अपमानजनक छ।

महामारीसँग जुधिरहेका र उपचारमा खटिइरहेका स्वास्थ्यकर्मीको मनमा असन्तुष्टि पैदा गरी अन्यायमा पारेर महामारीजन्य युद्ध जित्न सकिएला र? अन्तिम पटक भन्न चाहन्छौं, काम गर्न योग्य रमणीय वातावरण तय गरौं। कोरोनाको बजेट चुहावटलाई समयमै रोकौं, स्वास्थ्यकर्मीलाई साथ दिऔं। 

(बस्नेत रुकुम पूर्व अस्पतालमा स्टाफ नर्सका रुपमा कार्यरत छन्।)

प्रतिक्रिया