Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

रुसमा आर्थिक प्रतिबन्धको असर : ब्याजदर ९.५% बाट बढेर २०% पुग्यो, रुवल इतिहासकै कमजोर

रुसमा आर्थिक प्रतिबन्धको असर : ब्याजदर ९.५% बाट बढेर २०% पुग्यो, रुवल इतिहासकै कमजोर

रुसमा पश्चिमा राष्ट्रहरुले लगाएको आर्थिक प्रतिबन्धको असर देखिन थालेको छ । सोमबार रुसको केन्द्रीय बैंकले प्रमुख ब्याजदरहरु ९.५% बाट बढाएर २०% पुर्याएको छ । अर्कोतर्फ, रुसी मुद्रा ‘रुवल’ डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ । रुबल ३०% ले घटेर प्रतिडलर ११९.५० पुगेको छ । रुवललाई थप कमजोर बन्न नदिँन र मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाइएको रुसी केन्द्रीय बैंकले जनाएको छ ।

 

यता, बजारको गिरावट नियन्त्रण गर्नका लागि विदेशी लगानीकर्ताहरुलाई रुसी धितोपत्र बिक्री गर्न पनि रोक लगाएको छ । तरलता बढाउन स्थानीय बैंकमा रिजर्भमा रहेको करिब ७ खर्ब ३३ अर्ब रुवल पनि खुला गर्ने भएको छ । पश्चिमा मुलुकहरुको आर्थिक प्रतिबन्धका कारण रुसी बैंकहरु पनि अप्ठेरोमा परेका छन् । पछिल्लो समय रुसी बैंकहरुमा नगद अभाव पनि बढ्दै गएको छ ।

 

रुसका बैंकहरुबाट छोटो समयमै ठूलो मात्रामा निक्षेप बाहिरिएको छ । एटीएम मेसिनहरुमा मानिसहरुको लस्कर लाग्ने थालेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । गत साता अमेरिका, क्यानडा र युरोपेली देशहरुले विश्वका २०० भन्दा बढी देशका ११ हजार बढी बैंकहरु जोड्ने ‘स्विफ्ट’ प्रणालीबाट रुसका प्रमुख बैंकहरुलाई हटाउने निर्णय गरेका थिए । जसको असर पनि रुसी बैंकहरुमा देखिन थालेको छ ।

प्रतिक्रिया