ताजा अपडेट
रुसमा आर्थिक प्रतिबन्धको असर : ब्याजदर ९.५% बाट बढेर २०% पुग्यो, रुवल इतिहासकै कमजोर
रुसमा पश्चिमा राष्ट्रहरुले लगाएको आर्थिक प्रतिबन्धको असर देखिन थालेको छ । सोमबार रुसको केन्द्रीय बैंकले प्रमुख ब्याजदरहरु ९.५% बाट बढाएर २०% पुर्याएको छ । अर्कोतर्फ, रुसी मुद्रा ‘रुवल’ डलरको तुलनामा इतिहासकै कमजोर बनेको छ । रुबल ३०% ले घटेर प्रतिडलर ११९.५० पुगेको छ । रुवललाई थप कमजोर बन्न नदिँन र मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाइएको रुसी केन्द्रीय बैंकले जनाएको छ ।
यता, बजारको गिरावट नियन्त्रण गर्नका लागि विदेशी लगानीकर्ताहरुलाई रुसी धितोपत्र बिक्री गर्न पनि रोक लगाएको छ । तरलता बढाउन स्थानीय बैंकमा रिजर्भमा रहेको करिब ७ खर्ब ३३ अर्ब रुवल पनि खुला गर्ने भएको छ । पश्चिमा मुलुकहरुको आर्थिक प्रतिबन्धका कारण रुसी बैंकहरु पनि अप्ठेरोमा परेका छन् । पछिल्लो समय रुसी बैंकहरुमा नगद अभाव पनि बढ्दै गएको छ ।
रुसका बैंकहरुबाट छोटो समयमै ठूलो मात्रामा निक्षेप बाहिरिएको छ । एटीएम मेसिनहरुमा मानिसहरुको लस्कर लाग्ने थालेको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । गत साता अमेरिका, क्यानडा र युरोपेली देशहरुले विश्वका २०० भन्दा बढी देशका ११ हजार बढी बैंकहरु जोड्ने ‘स्विफ्ट’ प्रणालीबाट रुसका प्रमुख बैंकहरुलाई हटाउने निर्णय गरेका थिए । जसको असर पनि रुसी बैंकहरुमा देखिन थालेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया