Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

लुकिछिपी विरुवा खाएको आरोपमा १५ बाख्रामाथि मुद्दा, नगद जरिवाना

लुकिछिपी विरुवा खाएको आरोपमा १५ बाख्रामाथि मुद्दा, नगद जरिवाना

चोरीको अभियोगमा अभियुक्तहरुमाथि सजायँ भएको त सुनिएकै हो । तर चोरेर घाँस खाएको आरोपमा बाख्रामाथि समेत मुद्दा चलेको र सजायँ भएको चाहीँ सुनिएको थिएन ।

हालै छिमेकी मुलुक भारतको तेलंगानामा यस्तो अनौठो घटना भएको छ । लुकिछिपी रुखको घाँस खाइदिएको आरोपमा त्यहाँ १५ वटा बाख्रामाथि मुद्दा दर्ता भयो । ती बाख्राहरुलाई हिरासतमा लिइयो र ३ हजार भारु जरिवानाको सजायँ भयो ।

तेलंगानाको भद्राद्री कोठागुडेम जिल्लास्थित येल्लेँडू भन्ने ठाउँमा उक्त घटना भएको बताइएको छ । उक्त क्षेत्रमा वृक्षारोपण अभियान अन्तरगत रोपिएका विरुवाहरु स्थानीय एक किसानले पालेका १५ वटा बाख्राले खाइदिएका थिए । सरकारी अभियानमा रोपिएका विरुवाहरु बाख्राले खाइदिएपछि आक्रोसित बनेका सरकारी अधिकारीले ती बाख्रलाई पक्राउ गरे र बाख्रा विरुद्ध मुद्दा दर्ज गरे ।

नगरपालिकाका कर्मचारीहरुले पक्राउ गरेसँगै सुरुवातमा ती बाख्रालाई पिटेर सजायँ दिइएको थियो । विरुवाहरु सखाप पारिदिने बाख्रामध्ये ९ वटालाई बिहिबार र ६ वटालाई शुक्रबार पक्राउ गरिएको थियो ।

सबै १५ वटा बाख्रालाई नगरपालिका कार्यालयमा बाँधेर राखिएको बताइएको छ । प्रत्येक बाख्रामाथि ३–३ हजार भारुको दरले जरिवाना लगाइएको छ । उक्त जरिवाना रकम बाख्रा मालिकले तिर्नुपर्नेछ । त्यसका लागि बाख्रा मालिकलाई समेत सूचना जारी गरिएको छ ।

अहिलेसम्म ती बाख्रा दाबी गर्नका लागि नगरपालिकामा कोहीपनि नपुगेको बताइएको छ । जसका कारण नगरपालिकाका कर्मचारीहरुले नै बाख्राको हेरचाह गर्नु परिरहेको छ । एजेन्सी

प्रतिक्रिया