Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १३ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बक्सिङ प्रतियोगितामा अछामका प्रवीण विजयी

बक्सिङ प्रतियोगितामा अछामका प्रवीण विजयी

सातदोबाटोमा राष्ट्रव्यापी स्कुल ब्वाइज तथा गर्ल्स बक्सिङ प्रतियोगितामा ब्वाइजतर्फ ४३ केजी तौल समूहमा अछामका प्रवीण टमाटाले जेसीएसका सुवास बस्नेतलाई अंकका आधारमा पराजित गरेका छन् । 

सोही तौलमा अल्फाका सोनम पुनमगरले फाइट प्रमोसनका स्वरुप तिरुवालाई आरएससीका आधारमा हराए । अब प्रवीणले सोनम सेमिफाइनलमा खेल्नेछन् ।

३५ केजीमा नक्सालका सक्षम लामाले अछामका सन्तोष भट्ट र मकवानपुरका अरुण सापकोटाले भक्तपुरका प्रत्युष सुजखुलाई अंकका आधारमा हराएर सेमिफाइनल तय गरेका छन् । ४० केजीमा थानकोटका प्रकट महर्जनले बक्समाण्डुका सुवास तिरुवा र ४९ केजीमा कास्कीका आकाश बोहराले दमकका रोशन बिकलाई हराए ।५२ केजीमा भूपू बक्सिङ पोखराका समुन्द्र थापामगरले मोरङका कीर्तिक मास्के र बाँकेका योगराज खत्रीले अछामका विनोद नागार्जीलाई अंकका आधारमा हराए ।

देशभरका २५ जिल्ला, क्लब तथा स्कुलका १२ देखि १४ वर्षभित्र ४८ खेलाडीले भाग लिएका छन् ।

आउँदो अप्रिलमा फुकेटमा हुने थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ प्रतियोगिताको खुला छनोटअन्तर्गत ४८ केजी तौलमा एचटूओका रविन थापाले झापाका धर्मेन्द्र राई र बक्समाण्डुका लक्ष्मण राईले ललितपुरका अर्जुन तामाङलाई हराए ।

प्रतिक्रिया