Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २८ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बक्सिङ प्रतियोगितामा अछामका प्रवीण विजयी

बक्सिङ प्रतियोगितामा अछामका प्रवीण विजयी

सातदोबाटोमा राष्ट्रव्यापी स्कुल ब्वाइज तथा गर्ल्स बक्सिङ प्रतियोगितामा ब्वाइजतर्फ ४३ केजी तौल समूहमा अछामका प्रवीण टमाटाले जेसीएसका सुवास बस्नेतलाई अंकका आधारमा पराजित गरेका छन् । 

सोही तौलमा अल्फाका सोनम पुनमगरले फाइट प्रमोसनका स्वरुप तिरुवालाई आरएससीका आधारमा हराए । अब प्रवीणले सोनम सेमिफाइनलमा खेल्नेछन् ।

३५ केजीमा नक्सालका सक्षम लामाले अछामका सन्तोष भट्ट र मकवानपुरका अरुण सापकोटाले भक्तपुरका प्रत्युष सुजखुलाई अंकका आधारमा हराएर सेमिफाइनल तय गरेका छन् । ४० केजीमा थानकोटका प्रकट महर्जनले बक्समाण्डुका सुवास तिरुवा र ४९ केजीमा कास्कीका आकाश बोहराले दमकका रोशन बिकलाई हराए ।५२ केजीमा भूपू बक्सिङ पोखराका समुन्द्र थापामगरले मोरङका कीर्तिक मास्के र बाँकेका योगराज खत्रीले अछामका विनोद नागार्जीलाई अंकका आधारमा हराए ।

देशभरका २५ जिल्ला, क्लब तथा स्कुलका १२ देखि १४ वर्षभित्र ४८ खेलाडीले भाग लिएका छन् ।

आउँदो अप्रिलमा फुकेटमा हुने थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ प्रतियोगिताको खुला छनोटअन्तर्गत ४८ केजी तौलमा एचटूओका रविन थापाले झापाका धर्मेन्द्र राई र बक्समाण्डुका लक्ष्मण राईले ललितपुरका अर्जुन तामाङलाई हराए ।

प्रतिक्रिया