Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २८ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नेपालले जित्यो जिम्बावे 'ए' विरुद्धको एकदिवसीय शृंखला

नेपालले जित्यो जिम्बावे 'ए' विरुद्धको एकदिवसीय शृंखला

अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा नेपालले  जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । अन्तिम खेल जितेसँगै नेपालले जिम्बावेविरुद्धको एकदिवसीय शृंखला २-१ ले जितेको छ । पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेल नेपालले ९ विकेटले जितेको थियो ।

जिम्बावे 'ए' ले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । ६१ बल सामना गरेका उनले ४ छक्का र ७ चौका हानेका थिए । त्यस्तै अर्का ओपनर आरिफ शेखले २९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६० रन बनाउँदा विनोद भण्डारीले नटआउट २८ रन बनाए ।

जिम्बावेका लागि ब्रान्डन माभुटाले ३ र ब्राड इभान्सले १ विकेट लिए ।

यसअघि जिम्बावे 'ए' ले ३२.१ ओभरमा सबै विकेटको क्षतिमा २१३ रन बनाएको थियो । आइतबार वर्षाका कारण मैदान भिजेका कारण आजको खेल ३३ ओभरमा छोट्याइएको थियो । जिम्बावेका लागि तादिवानाशे मारुमनीले सर्वाधिक ५० रन बनाए । त्यस्तै कु्द्जाई माउन्जेले ३९ रन बनाउँदा रोय कायाले ३६ रन बनाए ।

नेपालका लागि किशोर महतोले सर्वाधिक ५ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ४३ रन खर्चिए । त्यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

जिम्बावेको 'ए' टिम नेपालमा तीन ट्वान्टी-२० र तीन एकदिवसीय शृंखला खेल्न आएको हो । तीन ट्वान्टी-२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो । तेस्रो खेलमा भने नेपालले जिम्बावे 'ए' लाई ८ विकेटले हराएको थियो ।

जिम्बावेको कुनै पनि टोली नेपालमा आएर पहिलो पटक खेलेको हो । टोनी मुनिओङ्गाको कप्तानीमा रहेको जिम्बावे ‘ए’ को प्रशिक्षकमा पूर्व टेस्ट खेलाडी डगलस होन्डो रहेका थिए ।

प्रतिक्रिया