ताजा अपडेट
नेपालले जित्यो जिम्बावे 'ए' विरुद्धको एकदिवसीय शृंखला
अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा नेपालले जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गरेको छ । अन्तिम खेल जितेसँगै नेपालले जिम्बावेविरुद्धको एकदिवसीय शृंखला २-१ ले जितेको छ । पहिलो खेलमा जिम्बावे ३ विकेटले विजयी भएको थियो भने दोस्रो खेल नेपालले ९ विकेटले जितेको थियो ।
जिम्बावे 'ए' ले दिएको २१४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । ६१ बल सामना गरेका उनले ४ छक्का र ७ चौका हानेका थिए । त्यस्तै अर्का ओपनर आरिफ शेखले २९ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६० रन बनाउँदा विनोद भण्डारीले नटआउट २८ रन बनाए ।
जिम्बावेका लागि ब्रान्डन माभुटाले ३ र ब्राड इभान्सले १ विकेट लिए ।
यसअघि जिम्बावे 'ए' ले ३२.१ ओभरमा सबै विकेटको क्षतिमा २१३ रन बनाएको थियो । आइतबार वर्षाका कारण मैदान भिजेका कारण आजको खेल ३३ ओभरमा छोट्याइएको थियो । जिम्बावेका लागि तादिवानाशे मारुमनीले सर्वाधिक ५० रन बनाए । त्यस्तै कु्द्जाई माउन्जेले ३९ रन बनाउँदा रोय कायाले ३६ रन बनाए ।
नेपालका लागि किशोर महतोले सर्वाधिक ५ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ४३ रन खर्चिए । त्यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।
जिम्बावेको 'ए' टिम नेपालमा तीन ट्वान्टी-२० र तीन एकदिवसीय शृंखला खेल्न आएको हो । तीन ट्वान्टी-२० शृंखलामा जिम्बावेले पहिलो खेलमा नेपाललाई ६ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेल वर्षाका कारण रद्द गरिएको थियो । तेस्रो खेलमा भने नेपालले जिम्बावे 'ए' लाई ८ विकेटले हराएको थियो ।
जिम्बावेको कुनै पनि टोली नेपालमा आएर पहिलो पटक खेलेको हो । टोनी मुनिओङ्गाको कप्तानीमा रहेको जिम्बावे ‘ए’ को प्रशिक्षकमा पूर्व टेस्ट खेलाडी डगलस होन्डो रहेका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया