ताजा अपडेट
चौरपाटी गाउँपालिका अध्यक्ष साउदद्वारा मानसिक सन्तुलन गुमाएका व्यक्तिको उद्धार
अछाम : चौरपाटी गाउँपालिका अध्यक्ष भिमबहादुर साउदको पहलमा मानसिक सन्तुलन गुमाएका एकजना व्यक्तिको उद्धार गरिएको छ ।
चौरपाटी गाउँपालिका वडा नम्बर २ सोकट रिठागाउँ घर भएका मानसिक सन्तुलन गुमाएका आकाश कोलिको उद्धार गरिएको हो । कोली बिगत १ बर्ष देखि मानसिक समस्याबाट पिडित छन् ।
आर्थिक अवस्था कमजोर भएका कोलीलाई अध्यक्ष साउदको पहलमा उपचारका लागी धनगढी पठाईएको छ ।
अध्यक्ष साउदले गाउँपालिका आर्थिक अवस्था कमजोर भएका र बिभिन्न रोगबाट पिडित व्यक्तिहरुको उपचार गर्नका लागी सधै तत्पर रहेको बताउनुभयो ।
पालिकाले सबैलाई अपनत्व हुने खालको कृयाकलापहरु सञ्चालन गर्ने अध्यक्ष साउदले बताउनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया