Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बागलुङका होटलमा सलह परिकार, प्रतिप्लेट २०० रुपैयाँ !

बागलुङका होटलमा सलह परिकार, प्रतिप्लेट २०० रुपैयाँ !

बागलुङ सदरमुकाममा रहेका होटलहरूले सलह कीरा संकलन गरी परिकार बनाएर बेच्न थालेका छन्‌। होटलका लागि आवश्यक सलह टिप्न बागलुङका बालबालिकाहरू पर्वतको कुस्मा नगरपालिका-१ स्थित पाङसम्म आउने गरेका छन्‌।  कोरोनाको जोखिमका कारण विद्यालय बन्द रहेकाले केही बालबालिकाहरू सलह टिप्न छिमेकी जिल्लासम्म आउने गरेका हुन्‌। होटलहरूले पिउनेपानीको बोतलभरि सलह लिएर जाने बालबालिकालाई १०० रुपैयाँ दिने गरेका छन्‌। पाङमा सलह छोप्दै गरेका एक बालकले भने, 'सलह बेचेर आएको पैसा ममी (आमा) लाई राख्न दिएको छु, विद्यालय खुलेपछि कापीकलम किन्न काम लाग्छ।'

‘बागलुङका होटेलमा सलहको बिक्री राम्रै भएको जस्तो लाग्यो,’ कुस्मा-१ का वडा सदस्य वीरेन्द्र रिजाल (खगेन्द्र) ले भने, ‘बागलुङ र पाङ जोड्ने गरी हालै मात्र सञ्चालनमा आएको लामो पुल तरेर बागलुङबाट बच्चाहरू बोतल र बोरा बोकेर आएका देखिन्छन्।’ बागलुङ बजारमा बस्ती बाक्लो भएको र खाद्य बाली नलगाइएका कारण बालबालिकाहरू सलह समात्न पर्वतको पाङसम्म आउने गरेको उनले बताए। अहिले मकै रहेको तथा कोदो र धान लगाउने समय भएकाले त्यही खान सलहको ठुलो झुन्ड केही दिनदेखि पाङमा बसिरहेको रिजालले जानकारी दिए।

सलह छोप्न गाउँ र सहर दुवै ठाउँका बालबालिकाहरू पाङमा जम्मा हुने गरेका छन्‌। बालबालिकाले जम्मा गरेको सलह बजार क्षेत्रमा रहेकाहरूले होटलहरूमा बिक्री हुने गरेको र गाउँ क्षेत्रमा रहेका कतिपयले भुटेर खाने गरेका छन्‌। पर्वतस्थित कुस्माका होटलहरूमा फ्राई गरिएको एक प्लेट सलह खान २०० रुपैयाँसम्म तिर्नुपर्छ। थाहाखबर

प्रतिक्रिया