Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

‘चरित्रहीन’ भन्दै श्रीमानले नाक काटिदिए...

‘चरित्रहीन’ भन्दै श्रीमानले नाक काटिदिए...

उनलाई पनि सुन्दर देखिनु थियो। जीन्दगीमा पूरा गर्नुपर्ने थुप्रै चाहना बाँकी नै थिए। 

उमेर : २८ वर्ष
नाम : जर्का 
देश : अफगानिस्तान

तर, जर्काले न सुन्दरता जोगाउन सकिन् न त शान्त हुन।

बस! वर्षाैंदेखि भित्रभित्रै जलिरहिन्, पीडा सहिरहिन्।

वर्षाैंदेखि घरेलु हिंसाको शिकार बनेकी जर्काले मानसिक यातानामात्रै सहनु परेन, जिउँदो रहन चाहिने स्वासनली नाक नै गुमाउनुपर्‍याे। 
१० हप्तापछि होसमा आएकी उनले नयाँ जीवन पाएको बताइन्। 

नाक काटिएपछि शल्यक्रियाका लागि अपरेसन थिएटरमा राखिएकी जर्काको नाकको पट्टी खोल्दा उनले सन्तोषको सास फेरिन्। 

नाकको पट्टी खोल्दै उनले डाक्टरलाई धन्यवाद दिँदै भनिन् ‘म खुसी छु, मैले मेरो नाक फिर्ता पाएकी छु।’

जर्काले ऐना हेरिन्। खाटैखाटा र रगतका धब्बाहरूले छोपिएको नाकबाट केही खुसीका सास फेरिन्। 

अफगानिस्तानमा महिला तथा घरेलु हिंसा व्यापक छ।

युएस पपुलेसन फाउन्डेसनका अनुसार अफगानिस्तानमा हरेक हजारजना महिलामा ८७ जनाले चरम घरेलु हिंसा बेहाेर्नुपरेको छ।

हिंसामा सबैभन्दा बढी एसिड आक्रमण र चक्कु प्रहार हुने गरेका छन्।

उनीमाथि पनि श्रीमानले चक्कु प्रहार गरी नाक काटिदिए।

‘मेरो श्रीमानले जो-कोहीलाई पनि शंकाको नजरले हेर्थे, जसको कारण मैले नाक गुमाउनु पर्‍याे,’ जर्काले भनिन्।

उनीमाथि श्रीमानले विभिन्न लान्छना लगाएर चरित्रमाथि शंका गर्थे र कुटपिट गर्थे। 

शारीरिक यातनाका साथै मानसिक यातनासमेत दिन्थे।

‘उनी मरो चरित्रमाथि शंका गर्थे, म त्यस्तो होइन भन्थें, तर उनी जहिल्यै ममाथि जाइलाग्थे,’ जर्काले भनेकी छिन्।

जर्काको बिहे भएको १० वर्ष भइसकेको छ। १८ वर्षको कलिलो उमेरमै बिहेवारी गरेकी उनको ६ वर्षको छोरा छन्।

अफगानस्तानमा नाम चलेका र वरिष्ठ सर्जन डा. जलमइ खान अहमदजईले जर्काको नाकको शल्यक्रिया गरेका थिए।
डा. जलमइले जर्काको शल्यक्रिया सफल भएकोमा खुसी व्यक्त गरेका छन्।

‘जर्काको शल्यक्रिया सफल भयो उनलाई कुनै खतरा छैन,’ उनले भनेका छन्।

जर्का राजधानी काबुलभन्दा २ सय ५० किलोमिटर दक्षिण पाकिस्तानको सिमा क्षेत्र खरकोट जिल्लाकी हुन्।
उनी लेख्न पढ्न सक्दिनन्। गाउँ पूरै तालिवानको नियन्त्रणमा छ।

स्थानीय नेता र तालिवानसँग हारगुहार गरेपछि उपचारका लागि काबुल जाने अनुमति पाएकि थिइन जर्काले।

जर्का अस्पताल आउनुपूर्व  डा. जलमइ कोरोना भाइरससँग लडिरहेका थिए।

जलमइले भाइरस संक्रमणबाट श्रीमती गुमाइसकेका थिए। 

जार्का अस्पताल आउँदा उनी अस्पताल सेवामा फर्किए।

‘जर्का अस्पताल आउँदासम्म संक्रमण पूरै नाकसम्म फैलिसकेको थियो।, उनी एकदमै नाजुक अवस्थामा थिइन्,’ डा. जलमइले भने।

सानै उमेरमा बिहे गरेकी जर्काले बिहे गर्दा घरपरिवारले आफ्नो इच्छाबारे कुनै चासो नदिएको गुनासो गरेकी छिन्।
बिहे भएको वर्षौंपछि थाहा पाइन कि उनका काकाले श्रीमानकी बहिनीसँग बिहे गर्न आफूलाई बली चढाएका थिए।

उनले भनिन्- ‘मेरो काकाले आफ्नी श्रीमतीको मूल्य चुकाउन नसक्दा मलाई उनीसँग बिहे गर्न बाध्य बनाइयो।’

आफगानिस्तानमा केटी पक्षले केटा पक्षसँग पैसा लिई बिहेवारी गर्ने चलन छ।

यो चलन गैर कानुनी भएपनि वर्षौदेखि चल्दै आएको छ।

जर्काका श्रीमान आफ्नी चारवटै बहिनीलाई समेट कुटपिट गरी यातना दिन्थे।

जर्कासँग बिहे भएको एक वर्षपछि उनी अर्कैसँग बिहे गर्न चाहान्थे।

तर उनीसँग दुलही भित्र्याउने पैसा थिएन। 

पैसा नभई कसैले छोरी दिँदैनन्।

जसको कारण उनी झन् बहुलाउन थाल्थे र रिस पोख्ने एकमात्रै माध्यम थिइन् जर्का।

‘उनी जहिल्यै कुटाकुट गर्थे। मलाई ज्यानको डर र छोराको चिन्ता थियो,’ जर्काले बह पोखिन्। 

उनी श्रीममानबाट मुक्ति पाउन भागेर माइती घर गइन्। आमाबासँग श्रीमानबाट छुटकारा दिलाउन हारगुहार गरिन्।

घर छोड्दा अनुमतिबिना निस्केको हुनाले श्रीमान उनको माइती पुगेर घर जान कर गर्न थाले।

उनी चक्कु बोकेर आएका थिए र बुवाआमासँग फिर्ता पठाइदिन आग्रह गरिरहे।

आमाबा र दाजुभाइले जर्काको ज्यान तथा यातना नदिने ग्यारेन्टी कागज गरेपछि मात्रै फिर्ता पठाउने भने।

जर्काका श्रीमानले लिखित ग्यारेन्टी कागजातमा हस्ताक्षर गरी जर्कालाई घर लगे।

तर, अवस्था पहिलेको भन्दा झन् खराब भइसकेको थियो।

उनी घर गएपछि फेरि कुटिन थालिन्। श्रीममानले चक्कु लिएर काट्छु भन्न थाले। ज्यान जोगाउन उनी भागेर छिमेकीको घर पुगिन्। 
एक दिन त बचिन् तर, अर्कोदिन ज्यान जाने डर त थियो नै।

श्रीमानले फेरि जर्कालाई फकाएर घर लगे अनि माइती पुर्‍याउने वचन दिए।

तर, त्यस्तो भएन। उनले जर्कालाई घिसार्दै अर्कै घरमा लगे।

घरपछि लछारपछार गर्दै जबरजस्ती बगैचामा लगे। उनले राइफल बोकेका थिए।

‘उनले मलाई जबरजस्ती समाते र खल्तीबाट चक्कु निकालेर नाक काटिदिए,’ जर्काले घटनाबारे भनिन्।

नाक काटेर उनलाई बगैंचामा छोडियो। जर्कालाई असह्य पीडा भइरहेको थियो। रगतले पूरै शरीर लतपतियो र सास फेर्न समस्या भइरहेको थियो।

उनी रुन चिच्याउन थालिन्। छिमेकी जम्मा भए। उनीहरूले उनको काटिएको नाक फेला पारे।
जर्कालाई तुरुन्तै स्थानीय अस्पतालमा लगियो।

तर, स्थानीय अस्पतालले उपचार सम्भव नभएको बतायो। जर्काका बुबा र आफन्त उनका श्रीमानसँग बदला लिन चाहन्छन् तर प्रहरीले उनलाई पक्रेर जेलमा राखिसकेको छ। 

‘म नाकको शल्यक्रिया गर्न चाहन्थें, जुनसुकै हालतमा पनि नाक फिर्ता भएको हेर्न चाहान्थें,’ उनले भनिन्।
जर्काको नाक काटिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो। 

यो तस्वीर डा.जलमईले पनि देखे। डा. ले सामाजिक सञ्जालमार्फत आफूले जर्काको निःशुल्क उपचार गरिदिने बताएपछि उनलाई काबुल लगियो। 

जर्कालाई छोराको मायाले सताएको छ। उनी छोरालाई आफैंसँग राख्न चाहन्छिन्। छोरो माशुक अहिले पनि श्रीमानकै घरमा छन्। 

‘तीन महिना भइसक्यो छोरालाई देख्न पाएकी छैन, म उसलाई धेरै माया गर्छु र म सँगै राख्न चाहान्छु,’ उनले भनिन्।

बिबिसीबाट अनुवाद

प्रतिक्रिया