Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

डडेल्धुराः ‘म त गए माथी, तिमी बाच है साथी

डडेल्धुराः ‘म त गए माथी, तिमी बाच है साथी

डडेल्धुरा सदरमुकामको साघुँरो सडकका कारण दैनिकजसो त्यहाँ जाम लाग्ने गर्छ। जसका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ। यतिसम्मकी साघुँरो सडकका कारण दुर्घटनाका जोखिम समेत रहेको छ। 

सडक विस्तारका लागि संघीय सरकारबाट ४४ करोडको बजेट विनियोजन भएको थियो। सडक विस्तारका लागि टेण्डर समेत भइसकेको अवस्थामा बागबजारका केहि व्यापारीले क्षतिपूर्ति माग गर्दै सर्वोेच्च अदालतमा मुद्धा दायर गरेका थिए। जसका कारण अहिले सडक विस्तारको काम रोकिएको छ। 

सोही विषयलाई लिएर बोलन्या थलीले सदरमुकामको बागबजारमा प्रदर्शन गरेको छ। सबै रचनात्मरुपमा प्रर्दशन गर्ने थलीले मंगलबार शव बनेर विकास निमार्णको कार्यमा अवरोध गर्नेका विरुद्ध प्रदर्शन गरेको संयोजक यादव जोशीले बताए। स्थानीयले धेरै समयदेखि सास्ती पाइरहेको भन्दै सडक बनाउन दवाव स्वरुप प्रदर्शन गरेको उनले बताए। बजेट विनियोजन भइ टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्चमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेको भन्दै शव बनेर सडक बनाउन दवाव दिएको जाशीले बताए। 

बोलन्या थलीले ‘कोरोनाले होइन, दुर्घटनाले मरिएको छ’, ‘म त गए माथी, तिमी बाच है साथी’, ‘सडक चौडा खै, म त स्वर्ग पुगे बरी लै’, ‘लगायतका नारा दिएर प्रदर्शन गरेको थियो। 

स्मार्ट सिटीकोरुपमा विकास हुँदै गरेको अमरगढी नगरपालिकामा पर्ने उक्त सडक भएर सुदूरपश्चिम प्रदेशका ९ वटै पहाडी जिल्ला पुग्न सकिन्छ। तर सडक साघुँरो हुँदा सवारी चालक र स्थानीयले निकै सास्ती भोगिरहेका छन्। 

प्रतिक्रिया