Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नगरप्रमुख हमालद्वारा यु–१६ विजेता खेलाडीहरू सम्मानित

नगरप्रमुख हमालद्वारा यु–१६ विजेता खेलाडीहरू सम्मानित

धनगढी । अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीहरूलाई धनगढी उप(महानगरपालिकाका प्रमुख गोपाल हमालले सम्मान गरेका छन् ।

धनगढी क्रिकेट एकेडेमीमा आयोजित एक कार्यक्रममा हमालले नेपाली टोलीमा रहेका सुदूरपश्चिमका तीन जना खेलाडीहरू विकेट किपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई हिजो (सोमबार) एक कार्यक्रमकाबीच सम्मान गरेका हुन् ।

घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रो पटक यु–१६ इस्ट जोनको उपाधि जितेको थियो । उक्त उपाधि जित्दा धनगढी क्रिकेट एकेडेमीकै नरेन भट्टले फाइनलमा शतक प्रहार गरेका थिए ।
यस्तै विकेटकिपर ब्याट्सम्यान आशिष पनि धनगढी क्रिकेट एकेडेमीकै उत्पादन हुन् । अशोक बझाङका हुन् । एकेडेमीले सम्मान गर्दै उनीहरूलाई निःशुल्क प्रशिक्षण गराउने समेत घोषणा गरेको छ ।

तीन जनै खेलाडीलाई सम्मान गर्दै मेयर हमालले खेलाडीहरूलाई बधाई दिँदै ग्रास रुटको विकासमा धनगढी उप(महानगरपालिकाले लगानी गर्ने बताए ।

‘यहाँ प्रतियोगितामा पैसा खन्याउने, पैसा माग्ने गलत संस्कृति विकास भएको छ । तर हामीले नर्सरीमा लगानी गर्नुपर्ने हो,’ हमालले भने, ‘प्रतियोगिता आयोजना सरकारले गर्ला तर धनगढीले खेलाडी उत्पादनमा जोड दिन्छ । ग्रास रुट लेभलको विकासमा हामी लगानी गर्छौ ।’

उनले एकेडेमीका अध्यक्ष सुवास शाहीको धनगढीलाई सिटी अफ क्रिकेट बनाउने परिकल्पनालाई नीति तथा कार्यक्रममा समेटेको पनि बताए ।

एकेडेमीका व्यवस्थापक श्यामुअल न्यौपानेले सम्मानित तीन जनै खेलाडीहरूलाई बधाई दिँदै उनीहरूको निःशुल्क रूपमा एकेडेमीमा वर्षभरि प्रशिक्षणको व्यवस्था मिलाइएको बताए ।

‘हाम्रो एकेडेमीका उत्पादनहरूले अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्रदर्शन गर्दै त्यसकै लागि ट्रफी भित्र्याउनु हाम्रा लागि ठुलो गर्वको कुरो हो,’ न्यौपानेले भने, ‘उहाँहरूको मिहिनेतको सम्मान गर्दै आगामी खेलकुद जीवन अगाडि बढाउन सहज होस भन्ने उद्देश्यले हामीले पूर्ण छात्रवृत्तिमा प्रशिक्षण गराउने भएका छौँ ।’

प्रतिक्रिया