Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मुख्यमन्त्री कार्यालयमा अनावश्यक खर्चको होडबाजी, एसी खरिद गर्न १२ लाख

मुख्यमन्त्री कार्यालयमा अनावश्यक खर्चको होडबाजी, एसी खरिद गर्न १२ लाख

धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सजावटको नाममा झण्डै एक करोड खर्च गर्ने गरी बजेट विनियोजन गरिएको छ। नयाँ फर्निचर खरिददेखि नयाँ एसीसम्मका लागि लाखौँ रुपैया बजेट विनियोजन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा फर्निचर, एसीदेखि कार्यालय सजावटका सबै सामग्री हुँदाहुँदै नयाँ मुख्यमन्त्रीका लागि सम्पुर्ण नयाँ सामग्री खरिद गर्न एक करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ।

आवश्यक सबै सामग्री हुँदाहुँदै पुनः नयाँ सामग्री खरिदका लागि विभिन्न शिर्षक दिएर राज्य कोषको ठुलो रकम दुरुपयोग हुने देखिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय बेहुली झै सजिने भएको छ। यसका लागि ठुलै आकारको बजेट विनियोजन गरिएको छ। नयाँ आर्थिक वर्षमा फर्निचरदेखि नयाँ एसीसम्म जडान गरिनेछ। भवन निर्माणमा लाग्ने लागतभन्दा कयौँ गुणा बढी मुख्यमन्त्री कार्यालय सजावटमा राज्यकोषको रकम खर्च गर्ने तयारी छ।

प्रदेश सरकारको रातो किताबमा    प्रदेश सभा सचिवालय परिसर तथा सभामुख र उपसभामुखको निवास मर्मत सुधार, माटो भरान र ब्लक लगाउने कार्यका लागि ५० लाख विनियोजन गरिएको छ। प्रदेश सभा दिवश मनाउन मात्रै १० लाख विनियोज गरिएको छ। सभामुख निवासमा पार्किङ स्थल तथा गेट निर्माण गर्न थप पाँच लाख विनियोजन गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कम्पाउण्ड वाल निर्माणका लागि ३० लाख, प्रतीक्षालय तथा बगैचा निर्माणका लागि थप ३० लाख बजेट विनियोजन गरिएको छ।

मुख्यमन्त्री निवासमा बैठक कक्ष निर्माणका लागि ३० लाख र त्यहाँ फर्निचर खरिद गर्न १० लाख बजेट विनियोजन गरिएको छ। मुख्यमन्त्री कार्यालयमा एसी जडानका लागि १२ लाख विनियोजन भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नै टहरा, कम्पाउण्ड वाल र पर्खाल निर्माणका लागि थप पाँच लाख बजेट राखिएको छ। मुख्यमन्त्री कार्यालयको नयाँ भवनको लागि फर्निचर खरिदमा मात्रै २० लाख रुपैयाँ छुट्याइएको छ।

त्यस्तै नयाँ भवनको फर्निसिङको नाममा १५ लाख छुट्याइएको छ। मुख्यमन्त्री कार्यालयको भवन निर्माणका लागि ८० लाख छुट्याइएको छ। मुख्यमन्त्री कार्यालयअन्तर्गत मुख्य न्यायाधिवक्तको कार्यालय मर्मत तथा रङरोगन गर्न पाँच लाख छुट्याइएको छ। प्रादेशिक कार्यक्रम कार्यान्वयन इकाइका लागि फर्निचर तथा फिक्सरमा पाँच लाख छुट्याइएको छ।

मुल्यमन्त्री निवास परिसरमा बैठक कक्ष निर्माण गर्न ३० लाख, टहरा, कम्पाण्ड वाल र पार्क निर्माण गर्न ५ लाख, नयाँ भवनका लागि पल्स सिलिङको नाममा १५ लाख, भित्ते अलमारी निर्माणको नाममा ८ लाख, बैठक कक्षको फर्निचर व्यवस्थापनमा १० लाख तथा भिटिसी जडान गर्न ६ लाख बजेट विनियोजन गरिएको छ।( dineshkhabar.com bata sabhar)

प्रतिक्रिया

ट्रेन्डिङ