Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा करोडौँ मुल्य बराबरका स्वास्थ्य उपकरण थन्किए

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा करोडौँ मुल्य बराबरका स्वास्थ्य उपकरण थन्किए

धनगढीः सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा करोडौँ मुल्य बराबरका स्वास्थ्य उपकरण थन्किएका छन्। आवश्यक जनशक्ति र राख्ने ठाउँ अभाव तथा कतिपय बिग्रिएपछि मर्मत नहुँदा ती उपकरणहरु प्रयोगविहीन अवस्थामा छन्। कोभिड– १९ को संक्रमण घटेसँगै सेती प्रादेशिक अस्पतालको कोरोना वार्ड र त्यहाँ जडान गरिएका दुई भेन्टिलेटर प्रयोगविहीन छन्।

अस्पतालका अनुसार गत वैशाखसम्म कोभिड संक्रमित भर्ना भएकाले भेन्टिलेटर प्रयोगमा थिए। कोभिड संक्रमित नभएपछि अहिले कोरोना वार्ड र त्यहाँ जडान गरिएका भेन्टिलेटर प्रयोगमा छैनन्। जटिल समस्या भएका संक्रमित आएमा उपचारका लागि कोरोना वार्डमा दुई भेन्टिलेटर तयारी अवस्थामा छन्। संक्रमणका वेला नेपाल सरकार, प्रदेश सरकार र दातृ निकायबाट प्राप्त गरी डेढ दर्जन भेन्टिलेटर अहिले प्रयोगमा रहेको अस्पतालले जनाएको छ।

प्राप्त भेन्टिलेटर १५ शड्ढयाको सघन उपचार कक्षमा जडान गरेर प्रयोग भइरहेका छन्। कोभिड संक्रमण भयावह भएपछि सेतीलाई प्रदेशकै विशेष अस्पताल तोकिएको थियो। त्यसवेला सरकार र दातृ निकायले भेन्टिलेटर, अक्सिजन सिलिन्डरलगायत उपकरण र सामग्री सहयोग गरेका थिए। 
सेती प्रादेशिक अस्पतालबाट एउटा सिटिआरटी मेसिन वीर अस्पतालमा पठाइएको छ भने अर्को एपिएफ अस्पतालबाट मानव अंग प्रत्यारोपणमा पठाइएको छ।

सेतीमा दुई थान भेन्टिलेटर प्रयोगविहीन छन्। त्यस्तै अछामको बयलपाटा अस्पताल अछामकै छेडगाड नगरपालिका, डडेल्धुरा अस्पताल, डडेल्धुराकै जोडबुढा अस्पतालमा गरी एक÷एक थान भेन्टिलेटर प्रयोगविहीन छन्। भेन्टिलेटर मेसिनमै प्रयोग हुने बिप्याप मेसिन सबैभन्दा धेरै जिल्ला अस्पताल बझाङमा सात थान र जिल्ला अस्पताल बैतडीमा दुई थान प्रयोगविहीन छन्।

त्यस्तै श्वासप्रश्वासमा समस्या भएका व्यक्तिमा खासगरी सुत्ने समयमा हावाको चाप नियन्त्रणमा राख्न प्रयोगमा ल्याइने सिपिएपी मेसिन बझाङ जिल्ला अस्पतालमा तीन थान थन्किएका छन्। तरल पदार्थहरू, जस्तैः पोषक तत्व वा औषधिहरू बिरामीको शरीरमा नियन्त्रित मात्रामा पु¥याउन प्रयोगमा ल्याइने इन्फ्युजन पम्प डडेल्धुराको नवदुर्गा एक थान प्रयोगविहीन छ। डडेल्धुरा अस्पतालमा मेसिन राख्ने ठाउँ नभएर पाँच थान हेमोडायलाइसिस मेसिन प्रयोगविहीन छन्। मिर्गौला फेल भएका बिरामीमा रगत फिल्टरका लागि यो मेसिन आवश्यक पर्छ। मुटुको धड्कन वा चाल पत्ता लगाउन प्रयोग गरिने इसिजी मेसिन डडेल्धुरा अस्पतालमा एक थान थन्किएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ