Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ। सहमतिअनुसार भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरिएको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिनु भएको हो। मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै अध्यक्ष श्रेष्ठले यस्तो जानकारी दिनु भएको हो।

’नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँदछौं,’ पत्रमा भनिएको छ। टीकापुरस्थित पार्टी कार्यालयमा भएको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्री माग गरेको छ।

यसअघि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी तयारी गरेको थियो।तर पूर्वसहमति अनुसार मन्त्रालय नपाउने भएपछि मुख्यमन्त्रीलाई पत्र लेखेर जानकारी गराइएको हो।

यसअघि पार्टीका संरक्षक रेशमलाल चौधरी र मुख्यमन्त्री शाहबीच भएको भेटवार्तामा सात दिनभित्र सरकारमा सहभागी हुने सहमति भएको थियो। तर अन्तिममा आज सहमति कार्यान्वयनमा नआउँदा सरकारमा सहभागी हुने निर्णयबाट पछी हटेको हो ।

प्रतिक्रिया