Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २९ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी नहुने

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ। सहमतिअनुसार भागबण्डा नमिलेको भन्दै सरकारमा सहभागी नहुने निर्णय गरिएको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिनु भएको हो। मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्र लेख्दै अध्यक्ष श्रेष्ठले यस्तो जानकारी दिनु भएको हो।

’नागरिक उन्मुक्ति पार्टी केन्द्रको निर्णय र सहमतिअनुसार सुदूरपश्चिम सरकारमा मन्त्रालयको भागबण्डा नमिलेकोले सहभागी नहुने जानकारी गराउँदछौं,’ पत्रमा भनिएको छ। टीकापुरस्थित पार्टी कार्यालयमा भएको बैठकले दुई मन्त्री र दुई राज्यमन्त्री माग गरेको छ।

यसअघि नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा सहभागी तयारी गरेको थियो।तर पूर्वसहमति अनुसार मन्त्रालय नपाउने भएपछि मुख्यमन्त्रीलाई पत्र लेखेर जानकारी गराइएको हो।

यसअघि पार्टीका संरक्षक रेशमलाल चौधरी र मुख्यमन्त्री शाहबीच भएको भेटवार्तामा सात दिनभित्र सरकारमा सहभागी हुने सहमति भएको थियो। तर अन्तिममा आज सहमति कार्यान्वयनमा नआउँदा सरकारमा सहभागी हुने निर्णयबाट पछी हटेको हो ।

प्रतिक्रिया