Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २९ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने सुदूरपश्चिमका ३७ जना प्रतिनिधिसभा ४२ जना प्रदेश सभा सदस्य माथि कारबाही हुने

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने सुदूरपश्चिमका ३७ जना प्रतिनिधिसभा ४२ जना प्रदेश सभा सदस्य माथि कारबाही हुने

निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने सुदूरपश्चिमका ३७ जना प्रतिनिधिसभा सदस्य पदका र ४२ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार माथि कारबाही हुने भएको छ ।  निर्वाचन पश्चात खर्च विवरण बुभाउनु पर्ने व्यवस्था भएपनि सुदूरपश्चिमका ७९ उम्मेदवारले अझै विवरण बुभाएका छैनन ।

सोहि कारण उनिहरुमाथि कारबाही हुने लागेकोे हो ।  कानुनबमोजिम खर्च विवरण सार्वजनिक नगर्ने प्रत्येक उम्मेदवारले १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ। तर त्यसका लागि आयोगले निर्णय गर्नुपर्ने छ। खर्च विवरण सार्वजनिक नगर्नेमा निर्वाचित जनप्रतिनिधि तथा प्रमुख राजनीतिक दलका पदाधिकारी तथा चर्चित अनुहारसमेत रहेको आयोगले जनाएको छ। सुदूरपश्चिममा १६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्।

प्रतिनिधि सभा सदस्यका लागि कुल एक सय ३७ उम्मेदवारमध्ये एक सय जना उम्मेदवारले मात्र खर्च सार्वजनिक भएको छ। बाँकी ३७ उम्मेदवारको अझै सार्वजनिक भएको छैन्। सुदूरपश्चिममा ३२ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र छन्। प्रदेश सभा सदस्यका लागि एक सय ९३ उम्मेदवारमध्ये एक सय ५० जनाले मात्र खर्च सार्वजनिक गरेको देखिएको छ। बाँकी ४२ उम्मेदवारको अझै सार्वजनिक भएको छैन्।

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यतर्फ तीन सय ३० उम्मेदवारले खर्च विवरण पेश गरेकामा ७९ जनाले सो विवरण सार्वजनिक गरेका छैनन्। यो सङ्ख्या पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारको हो। प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको थियो। आयोगले तथ्यांक अध्ययन गर्ने र रुजु गर्ने काम गरिरहेको छ।

खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई के गर्ने भन्ने सम्बन्धमा आयोग पदाधिकारीको बैठकले छिट्टै निर्णय गर्ने बताइएको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण आयोगमा बुझाएर सार्वजनिक गर्नुपर्ने उल्लेख छ।

तोकिएको समयभित्र खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई आयोगले १५ हजार रुपैयाँसम्म जरिवाना गरी मनासिब समय तोकेर त्यस्तो विवरण सार्वजनिक गर्न आदेश दिन सक्ने ऐनमा भएको व्यवस्थाबमोजिम आयोगले कारबाहीको तयारी गरेको हो। निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।

प्रतिक्रिया