Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

गेटामा विश्वविद्यालय सञ्चालनको नेतृत्व सुदूरपश्चिम सरकार लिन तयार

गेटामा विश्वविद्यालय सञ्चालनको नेतृत्व सुदूरपश्चिम सरकार लिन तयार

धनगढीः कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने प्रक्रियाले गति लिएको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दाबी गरेका छन्। संघीय सरकारले गेटामा विश्वविद्यालय चलाउन आवश्यक प्रक्रिया थालेको मुख्यमन्त्री शाहले बताएका हुन्। 

गेटा विश्वविद्यालय सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना भएकाले अस्पताल र मेडिकल विश्वविद्यालय सञ्चालन गर्न प्रदेश सरकारले संघीय सरकारसँग साझेदारी गर्न चाहेको मुख्यमन्त्री शाहले बताएका छन्। ‘गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको विषय प्रदेश र संघ सरकारको प्राथमिकतामा परेको छ,’ उनले भने, ‘मेडिकल विश्वविद्यालय सञ्चालन गर्ने कुरा संघीय सरकारको नीतिमा परेको र प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र प्रदेश सरकार विश्वविद्यालय चलाउन एकमत रहेको सबैको जानकारीको लागि अवगत गराउँछु।’ कमलबहादुर शाहले गेटामा निर्मित मेडिकल पूर्वाधारको निरीक्षणको क्रममा प्रदेश सरकार पनि मेडिकल विश्वविद्यालय सञ्चालन गर्न साझेदारी गर्न तयार रहेको बताएका हुन्।

गेटामा साउनभित्रै न्यूनतम उपचार सेवासहितको अस्पताल सञ्चालन गर्ने तयारी थालिएको छ। सरकारले १४१ जनाको दरबन्दी स्वीकृत गरेको र जनशक्ति पुग्ने बित्तिकै ओपिडी सेवा चलाउने तयारी थालिएको छ। अहिले अस्पतालका लागि तीन जना विषेशज्ञ डाक्टर मात्र रहेकाले कम्तिमा ८ जना विषेशज्ञ चिकित्सक आउना साथ अस्पताल सञ्चालनमा आउने गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए। ‘हामी पहिलो चरणमा एक सय शय्याको न्यूनतम उपचार सेवाको अस्पताल चलाउने तयारीमा लागेका छौँ। एक सय शय्याबाट क्रमिक शय्या बढाउने योजनामा पनि काम अगाडि बढ्ने छ,’ उनले भने, ‘थप स्वास्थ्य जनशक्ति पुग्ने बित्तिकै न्यूनतम उपचार सेवाको अस्पताल सुरू हुन्छ।’

गेटामा विश्वविद्यालय सञ्चालनका विषयमा कुनै द्विविधा र अन्यौल नरहेको मुख्यमन्त्री शाहले बताएका छन्। अस्पताल र विश्वविद्यालय चलाउन संघीय सरकारले सहयोग गर्न र  निर्णय गर्न विलम्ब गरे सुदूरपश्चिम सरकार  नेतृत्व लिन समेत  तयार रहेको मुख्यमन्त्री शाहले बताएका छन्। ‘संघीय सरकार विश्वविद्यालय चलाउन स्पष्ट छ। प्रदेश सरकार पनि विश्वविद्यालय र अस्पताल चलाउनुपर्ने कुरामा संघ सरकारसँग सहकार्य गर्न तयार छ,’ उनले भने, ‘सुदूरपश्चिम सरकार विश्वविद्यालय सञ्चालन गर्ने कुरामा नेतृत्व लिन समेत तयार छ।’

अस्पतालमा भएको प्रगति अवलोकन गर्न तथा प्रदेश सरकारबाट  कस्तो किसिमको सहयोग गर्न सकिन्छ भनेर मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही, सामाजिक विकास मन्त्री झपटबहादुर साउँद, उद्योग, पर्यटन वन था वातावरण राज्यमन्त्री गीतादेवी माल, प्रदेश सभा सदस्य, प्रकाशबहादुर बम, तुलसी देवकोटा र जानकी कुँवरको टोलीले गेटामा निर्माण भएका मेडिकल पूर्वाधारको अनुगमन गरेको हो।

प्रतिक्रिया