ताजा अपडेट
बैतडी पुगेर सचिव चन्दले भने यो जिल्ला खेलको इतिहास बोकेको ठाउँ हो

धनगढी । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) का केन्द्रीय सचिव विष्णु चन्दले खेलकुद क्षेत्रको विकासमा आफूहरु लागिपरेको बताएका छन्।
बैतडीमा नेकोसको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै सुदूरपश्चिम ईन्चार्ज समेत रहेका चन्दले यस्तो बताएका हुन्।
यस्तै चन्दले खेल र खेलाडीको हितका लागि सदैव आफूहरु क्रियाशील रहेको बताउँदै बैतडी जिल्ला खेल इतिहास बोकेको एवं राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने क्षेत्र भएको बताए। त्यस्तै बैतडीमा नेकोसले आफ्ना गतिविधिहरु संचालन गर्ने निर्णयसमेत गरेको छ। “खेलकुद नागरिकको अधिकार, सम्बृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार” भन्ने मूल नाराका साथ नेकपा एमालेको जनवर्गिय संगठन नेपाल खेलकुद महासंघले सोमबार पार्टी कार्यालय गढीमा एक भेला आयोजना गरेको थियो।
सो भेलाले जिल्ला कमिटीलाई पुनर्गठन गर्दै पालिका तहसम्म आफ्नो संगठन विस्तार गर्ने र खेल खेलाडीसँग सम्बन्धित मुदा, समस्या र विकासका निम्ति पहल गर्ने योजना अघि सारेको छ। उक्त विस्तारित बैठक तथा भेलामा नेकोस जिल्ला इन्चार्ज लगायत पार्टी नेताहरु र अन्य जनवर्गिय संगठनका प्रमुखहरुको समेत उपस्थिति थियो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी
-
सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती
-
विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै
-
बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट
-
गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न
प्रतिक्रिया