Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

च्याम्पियन्स लिग : बार्सिलोनाको पोस्टमा वार्यनको ८ गोल

च्याम्पियन्स लिग : बार्सिलोनाको पोस्टमा वार्यनको ८ गोल

पोर्चुगल : यूइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको खेलमा स्पेनिस महारथी बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । शनिबार बिहान भएको खेलमा जर्मन क्लब वार्यन म्युनिखले बार्सिलोनालाई ८–२ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो।

पोर्चुगालको सिस्बोनस्थित रंगशालामा भएको खेलमा बार्सिलोना वार्यन सामु निरीह सावित भयो । वार्यनका थोमस मुलरले चौथो मिनेट मै गोल गरी खेलमा अग्रता बनाएको थिए । सातौं मिनेटमा वार्यनका डेभिड अल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भयो । त्यसपछि २१औं , २७औं, ३१औं मिनेटमा वार्यनका खेलाडीले गोल गरी पहिलो हाफमा नै ४–१ को अग्रता बनाए । ५७औं मिनेटमा लुइज सुवारेजे गोल गरी बार्सिलोनालाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर ६३औं मिनेटमा वार्यनका लागि किम्मिचले गोल गरी पुन बार्सिलोनालाई निराश बनाए ।

८२औं मिनेटमा रोवेर्टा लेवान्दोस्कीले गोल गरे । खेलको अन्तिमतिर ८५औं र ८९औं मिनेटमा यसै सिजन मात्रै बार्सिलोनाबाट वार्यन गएका ब्राजिलियन मिलफिल्डर फिलिप कोटिन्होले गोल गर्दा बार्सिलोना जल्जास्पद हार व्यहोर्न बाध्य भयो । 

यस सिजन बार्सिलोना उपाधिबिहनी बन्न पुगेको छ । स्पेनिस लिग ला लिगामा उप विजेता मै सीमित भएको बार्सिलोना स्पेनको पुरानो प्रतियोगिता कोपा डेल रेमा पनि अघि बढ्न सकेन ।

यसअघि फ्रान्सेली क्लब पीएस्सजी र जर्मन क्लब लाइप्जिग सेमिफाइलनमा पुगिसकेका छन् । आइतबार बिहान इङ्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब लिओनबीच प्रतिस्पर्धा हुँदैछ ।

 

प्रतिक्रिया