Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १९ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा १५ दिनमै अनियमितता विरुद्धका ७७ उजुरी अख्तियारमा दर्ता

सुदूरपश्चिममा १५ दिनमै अनियमितता विरुद्धका ७७ उजुरी अख्तियारमा दर्ता

धनगढीः नयाँ आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिम प्रदेशभित्र आर्थिक अनियमितताका उजुरी बढ्न थालेको छ।

सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै अनियमिता विरुद्धका उजुरी बढ्न थालेको हो। सार्वजनिक पद धारण गरकै व्यक्ति एवं सार्वजनिक संघसंस्थाबाट अनियमितता हुने गरेको भन्दै अख्तियारमा उजुरी आउनेक्रम बढेको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो महिना, साउन १५ गतेसम्म सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट गरी ७७ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन्। सबैभन्दा बढी हुलाक सेवाबाट ४१, समाचार पत्रको आधारमा एक, लिखित १४ तथा इमेलबाट १९ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ।

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित योजनामा भइरहेको आर्थिक अनियमितता विरुद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी पर्ने गरेका छन्। कुल उजुरीमध्ये ३५ प्रतिशतभन्दा बढी स्थानीय तहसँग सम्वन्धित उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले बताएको छ।

चालु आर्थिक वर्ष सुरु भएसँगै अनियमितता विरुद्धका उजुरी एकपछि अर्को बढ्दै गएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार फेसबुक, भाइबर, हुलाक तथा लिखित रुपमा अनियमितता सम्वन्धि उजुरी दिने व्यवस्था गरिएको छ। अख्तियारमा परेका उजुरीमाथि उजुरीको प्रकृति हेरेर अनुसन्धान गर्ने काम भइरहेको समेत कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ