Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुदूरपश्चिममा १५ दिनमै अनियमितता विरुद्धका ७७ उजुरी अख्तियारमा दर्ता

सुदूरपश्चिममा १५ दिनमै अनियमितता विरुद्धका ७७ उजुरी अख्तियारमा दर्ता

धनगढीः नयाँ आर्थिक वर्ष सुरु भएसँगै सुदूरपश्चिम प्रदेशभित्र आर्थिक अनियमितताका उजुरी बढ्न थालेको छ।

सबैभन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा आर्थिक वर्ष २०८०/८१ सुरु भएसँगै अनियमिता विरुद्धका उजुरी बढ्न थालेको हो। सार्वजनिक पद धारण गरकै व्यक्ति एवं सार्वजनिक संघसंस्थाबाट अनियमितता हुने गरेको भन्दै अख्तियारमा उजुरी आउनेक्रम बढेको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो महिना, साउन १५ गतेसम्म सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट गरी ७७ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन्। सबैभन्दा बढी हुलाक सेवाबाट ४१, समाचार पत्रको आधारमा एक, लिखित १४ तथा इमेलबाट १९ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ।

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित योजनामा भइरहेको आर्थिक अनियमितता विरुद्ध अख्तियारमा सबैभन्दा बढी उजुरी पर्ने गरेका छन्। कुल उजुरीमध्ये ३५ प्रतिशतभन्दा बढी स्थानीय तहसँग सम्वन्धित उजुरी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले बताएको छ।

चालु आर्थिक वर्ष सुरु भएसँगै अनियमितता विरुद्धका उजुरी एकपछि अर्को बढ्दै गएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार फेसबुक, भाइबर, हुलाक तथा लिखित रुपमा अनियमितता सम्वन्धि उजुरी दिने व्यवस्था गरिएको छ। अख्तियारमा परेका उजुरीमाथि उजुरीको प्रकृति हेरेर अनुसन्धान गर्ने काम भइरहेको समेत कार्यालयले जनाएको छ।

प्रतिक्रिया