Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १९ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगर नगरपालिकाको ७१ करोडको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगरको नीति तथा कार्यक्रमः समृद्धि, समावेशिता र सम्भावनाको नयाँ योजना सार्वजनिक साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न साँफेबगर नगरपालिकामा पोषण सप्ताह तथा विद्यालय स्वास्थ्य समिक्षा गोष्ठी सम्पन्न

सुदूरपश्चिममा डेंगुबाट चार जनाको मृत्यु, झण्डै १७ सयमा संक्रमण

सुदूरपश्चिममा डेंगुबाट चार जनाको मृत्यु, झण्डै १७ सयमा संक्रमण

धनगढीः सुदूरपश्चिम प्रदेशमा डेंगुबाट चार जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार डोटीका एक र कैलालीका तीन जनाको मृत्यु भएको हो। डेंगु संक्रमितहरुको तथ्याँक अद्यावधिक नभएकाले पनि मृतकको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ। 

सुदूरपश्चिम प्रदेशमा बिहिवारसम्म एक हजार ६ सय ९४ जना डेंगुका संक्रमित फेला परेका छन। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याँक अनुसार सन २०१९ देखि हालसम्म १६ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिममा हालसम्म झण्डै १७ सय जनामा डेंगुको संक्रमण फेला परेको हो। सुदूरपश्चिममा सन २०२३ भित्र मात्र तीन सय ३५ जनामा डेंगुको संक्रमण देखिएको छ। 

निर्देशनालयका अनुसार सबैभन्दा दार्चुलामा पाँच सय ६५ जनामा संत्रलमण फेला परेको छ। कैलालीमा चार सय २०, कञ्चनपुरमा २९६, बझाङमा ४०, बैतडीमा ४९, डोटीमा ९२, बाजुरामा १७ र डडेल्धुरामा ९४ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार सन २०१९ मा ५८ पुरुष र ३५ महिला गरेर ९३ जनामा डेंगुको संक्रमण फेला परेको थियो। सन २०२० मा ७६ पुरुष, ४५ महिला तथा २ अन्य गरेर १३२ जनामा संक्रमण पुष्टि भएको थियो। सन २०२१ मा ४५ पुरुष र ४१ महिला तथा दुई अन्य गरेर ८८ जनामा डेंगुको संक्रमण फेला परेको थियो। 

यस्तै, सन २०२२ मा ५५३ पुरुष, ५०१ महिला र २ अन्यमा डेंगुको संक्रमण फेला परेको थियो। सन २०२३ को हालसम्म १७० पुरुष, १६३ महिला र दुई अन्य गरेर ३३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिममा डेंगुको संक्रमणको दर बढेको देखिएको हो। 

लामखुट्टेको टोकाइबाट हुने डेंगु गर्मी र बर्सातको समयमा हुने भएकाले बिरामीको संख्या बढ्दै गएको निर्देशनालयले जनाएको छ। प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान  सञ्चालन गर्दै आएका छन्। कैलाली र कञ्चनपुरमा बढी हुने डेंगुको संक्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको हो। निर्देशनालयको तथ्यांकले पहाडी जिल्लामा पनि डेंगुको जोखिम अझ बढी हरेको देखिएको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको निर्देशनालयले बताएको छ। 

बर्सातमा दैनिक रूपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। डेंगु भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण देखापर्ने गर्दछन्। यसका साथै गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने गरेको चिकित्सकहरुले बताएका छन्। 

प्रतिक्रिया