Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

सुदूरपश्चिममा डेंगुबाट चार जनाको मृत्यु, झण्डै १७ सयमा संक्रमण

सुदूरपश्चिममा डेंगुबाट चार जनाको मृत्यु, झण्डै १७ सयमा संक्रमण

धनगढीः सुदूरपश्चिम प्रदेशमा डेंगुबाट चार जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार डोटीका एक र कैलालीका तीन जनाको मृत्यु भएको हो। डेंगु संक्रमितहरुको तथ्याँक अद्यावधिक नभएकाले पनि मृतकको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ। 

सुदूरपश्चिम प्रदेशमा बिहिवारसम्म एक हजार ६ सय ९४ जना डेंगुका संक्रमित फेला परेका छन। स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याँक अनुसार सन २०१९ देखि हालसम्म १६ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिममा हालसम्म झण्डै १७ सय जनामा डेंगुको संक्रमण फेला परेको हो। सुदूरपश्चिममा सन २०२३ भित्र मात्र तीन सय ३५ जनामा डेंगुको संक्रमण देखिएको छ। 

निर्देशनालयका अनुसार सबैभन्दा दार्चुलामा पाँच सय ६५ जनामा संत्रलमण फेला परेको छ। कैलालीमा चार सय २०, कञ्चनपुरमा २९६, बझाङमा ४०, बैतडीमा ४९, डोटीमा ९२, बाजुरामा १७ र डडेल्धुरामा ९४ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार सन २०१९ मा ५८ पुरुष र ३५ महिला गरेर ९३ जनामा डेंगुको संक्रमण फेला परेको थियो। सन २०२० मा ७६ पुरुष, ४५ महिला तथा २ अन्य गरेर १३२ जनामा संक्रमण पुष्टि भएको थियो। सन २०२१ मा ४५ पुरुष र ४१ महिला तथा दुई अन्य गरेर ८८ जनामा डेंगुको संक्रमण फेला परेको थियो। 

यस्तै, सन २०२२ मा ५५३ पुरुष, ५०१ महिला र २ अन्यमा डेंगुको संक्रमण फेला परेको थियो। सन २०२३ को हालसम्म १७० पुरुष, १६३ महिला र दुई अन्य गरेर ३३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिममा डेंगुको संक्रमणको दर बढेको देखिएको हो। 

लामखुट्टेको टोकाइबाट हुने डेंगु गर्मी र बर्सातको समयमा हुने भएकाले बिरामीको संख्या बढ्दै गएको निर्देशनालयले जनाएको छ। प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ। स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान  सञ्चालन गर्दै आएका छन्। कैलाली र कञ्चनपुरमा बढी हुने डेंगुको संक्रमण पछिल्लो समय पहाडमा पनि फैलिँदै गएको हो। निर्देशनालयको तथ्यांकले पहाडी जिल्लामा पनि डेंगुको जोखिम अझ बढी हरेको देखिएको छ। तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढेको निर्देशनालयले बताएको छ। 

बर्सातमा दैनिक रूपमा डेंगुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेंगु संक्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ। डेंगु भएमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण देखापर्ने गर्दछन्। यसका साथै गम्भीर प्रकृतिको डेंगु संक्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट तथा खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने गरेको चिकित्सकहरुले बताएका छन्। 

प्रतिक्रिया