Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हरिहाँसको बासस्थान मासिंदै

हरिहाँसको बासस्थान मासिंदै

धनगढी । नेपालकै पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने हरिहाँसको प्राकृतिक बासस्थान मासिदैंगएको छ । 

सामुदायिक वन क्षेत्रमा पाइने ढलेका, सुकेका रुखहरु सङ्कलन गर्ने, काट्ने कारणले हरिहाँसको बासस्थान बिग्रिदैगएको हो । जसका कारण यो प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुन सकेको छैन । 

हरिहाँस घोडाघोडीको सूचक प्रजातिका चरा हुन । यहाँ यो प्रजातिका चराको सङ्ख्या बढ्दै गएमा जैविक विविधताको अवस्था राम्रो भएको बुझाउने छ । यसैगरी, सङ्ख्या निरन्तर घट्दै गएमा अवस्था ठीक छैन भन्ने बुझाउनेछ । 

विगतकेही वर्षदेखि अहिलेसम्मको अवस्था हेर्दा घोडाघोडीमा हरिहाँसको सङ्ख्या स्थिर देखिएको चरा सञ्जाल कैलालीका अध्यक्ष एवम् चराविद डीआर चौधरीले बताए । उनका अनुसार यहाँ हरिहाँसको सङ्ख्या खासै बढेको छैन । धेरै घटेको पनि छैन । “पछिल्लो पाँच वर्षयता, साढे तीन सय, चारसयको आसपासमा हरिहाँसको सङ्ख्या छ” चौधरीले भने । 

हरिहाँसको सङ्ख्या पत्ता लगाउन नेपाल पंछी संरक्षण संघ (बीसीएन) र सञ्जालद्वारा जाडो र गर्मीयाममा गरेर बर्सेनि दुई पटक अनुगमन हुँदैआएको छ । केही दिन अगाडि गर्मी याममा गणना गर्दा घोडाघोडीमा २६१ हरिहाँस फेला परेका छन् । यसैगरी, गत जाडोमा ३८० को हाराहारीमा हरिहाँस अभिलेख थियो । अघिल्लो गर्मी याममा यही ठाउँमा ३०० को हाराहारीमा हरिहाँस गणना गरिएको थियो । 

यस पटक गणना गर्न केही ढिलाई भएका कारण हरिहाँस कम सङ्ख्यामा भेटिएको चराविद हिरुलाल डङ्गौराले बताए। हरिहाँसको प्रजनन् समय सुरु भएकाले कम देखापरेका उनले जनाए । यो प्रजातिका चराले जुनदेखि सेप्टेम्बरसम्म अण्डा पार्ने, बच्चा कोरल्ने गर्दछन् । “प्रजनन् समयमा सुकेका रुखको टोड्कोभित्र हरिहाँस लुकेपछि देखिने सम्भावना कम रहन्छ” डङ्गौराले भने । 

हरिहाँसले कैलालीको बसन्ता वनमा रहेको घोडताल, सोनियाँरुपियाँ, नुक्लीताल, लौकाहा भौकाहा तालमासमेत ‘ब्रिडिङ’ गर्ने गरेको जनाइएको छ । घोडाघोडीमा सन २००९ मा गरिएको सुरुको गणनामा जाडो याममा १५५ र गर्मी याममा १३९ हरिहाँस अभिलेख भएका थिए । यो प्रजातिको चरा गर्मी याममा कम र जाडो याममा बढी अभिलेख हुने गरेको जनाइएको छ । 

घोडाघोडी ताललाई विश्व रामसार क्षेत्रमा सूचित गर्ने क्रममा सन २००० मा यो तालमा सबैभन्दा बढी हरिहाँस चरा पाइएका थिए । दक्षिण एसियामा रहेको हरिहाँसको कुल सङ्ख्याको एक प्रतिशत हरिहाँस घोडाघोडीमा पाइएपछि यो प्रजातिको चरालाई घोडाघोडीको सूचक प्रजाति मानिएको चराविद चौधरीले बताए । 

प्रतिक्रिया