Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

हरिहाँसको बासस्थान मासिंदै

हरिहाँसको बासस्थान मासिंदै

धनगढी । नेपालकै पहिलो चरा आरक्ष कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने हरिहाँसको प्राकृतिक बासस्थान मासिदैंगएको छ । 

सामुदायिक वन क्षेत्रमा पाइने ढलेका, सुकेका रुखहरु सङ्कलन गर्ने, काट्ने कारणले हरिहाँसको बासस्थान बिग्रिदैगएको हो । जसका कारण यो प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुन सकेको छैन । 

हरिहाँस घोडाघोडीको सूचक प्रजातिका चरा हुन । यहाँ यो प्रजातिका चराको सङ्ख्या बढ्दै गएमा जैविक विविधताको अवस्था राम्रो भएको बुझाउने छ । यसैगरी, सङ्ख्या निरन्तर घट्दै गएमा अवस्था ठीक छैन भन्ने बुझाउनेछ । 

विगतकेही वर्षदेखि अहिलेसम्मको अवस्था हेर्दा घोडाघोडीमा हरिहाँसको सङ्ख्या स्थिर देखिएको चरा सञ्जाल कैलालीका अध्यक्ष एवम् चराविद डीआर चौधरीले बताए । उनका अनुसार यहाँ हरिहाँसको सङ्ख्या खासै बढेको छैन । धेरै घटेको पनि छैन । “पछिल्लो पाँच वर्षयता, साढे तीन सय, चारसयको आसपासमा हरिहाँसको सङ्ख्या छ” चौधरीले भने । 

हरिहाँसको सङ्ख्या पत्ता लगाउन नेपाल पंछी संरक्षण संघ (बीसीएन) र सञ्जालद्वारा जाडो र गर्मीयाममा गरेर बर्सेनि दुई पटक अनुगमन हुँदैआएको छ । केही दिन अगाडि गर्मी याममा गणना गर्दा घोडाघोडीमा २६१ हरिहाँस फेला परेका छन् । यसैगरी, गत जाडोमा ३८० को हाराहारीमा हरिहाँस अभिलेख थियो । अघिल्लो गर्मी याममा यही ठाउँमा ३०० को हाराहारीमा हरिहाँस गणना गरिएको थियो । 

यस पटक गणना गर्न केही ढिलाई भएका कारण हरिहाँस कम सङ्ख्यामा भेटिएको चराविद हिरुलाल डङ्गौराले बताए। हरिहाँसको प्रजनन् समय सुरु भएकाले कम देखापरेका उनले जनाए । यो प्रजातिका चराले जुनदेखि सेप्टेम्बरसम्म अण्डा पार्ने, बच्चा कोरल्ने गर्दछन् । “प्रजनन् समयमा सुकेका रुखको टोड्कोभित्र हरिहाँस लुकेपछि देखिने सम्भावना कम रहन्छ” डङ्गौराले भने । 

हरिहाँसले कैलालीको बसन्ता वनमा रहेको घोडताल, सोनियाँरुपियाँ, नुक्लीताल, लौकाहा भौकाहा तालमासमेत ‘ब्रिडिङ’ गर्ने गरेको जनाइएको छ । घोडाघोडीमा सन २००९ मा गरिएको सुरुको गणनामा जाडो याममा १५५ र गर्मी याममा १३९ हरिहाँस अभिलेख भएका थिए । यो प्रजातिको चरा गर्मी याममा कम र जाडो याममा बढी अभिलेख हुने गरेको जनाइएको छ । 

घोडाघोडी ताललाई विश्व रामसार क्षेत्रमा सूचित गर्ने क्रममा सन २००० मा यो तालमा सबैभन्दा बढी हरिहाँस चरा पाइएका थिए । दक्षिण एसियामा रहेको हरिहाँसको कुल सङ्ख्याको एक प्रतिशत हरिहाँस घोडाघोडीमा पाइएपछि यो प्रजातिको चरालाई घोडाघोडीको सूचक प्रजाति मानिएको चराविद चौधरीले बताए । 

प्रतिक्रिया