Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको विवादले परीक्षा स्थगित

सीटीईभीटी र चिकित्सा शिक्षा आयोगको विवादले परीक्षा स्थगित

काठमाण्डाै – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विभिन्न विषयको लागि आजदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित गरेको छ ।

आज शनिबार र आउँदो बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा अन्तिम समयमा आएर स्थगित भएको हो । स्थगित परीक्षा आउँदो भदौ २ र ६ गते सञ्चालन हुने सीटिईभीटीले जनाएको छ । चिकित्सा शिक्षा आयोग र सीटीईभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सीटीईभीटीको प्रवेश परीक्षा सञ्चालनका विषयमा छलफल गर्न गएको बुधबार र बिहीबार बैठक बसेको थियो । बैठकमा शिक्षामन्त्री अशोककुमार राई र शिक्षा सचिव सुरेश अधिकारीले दुई संस्थाबीच आपसमा समन्वय गरेर अघि बढ्न निर्देशन दिएपछि त्यसैअनुसार १५ दिनभित्र सहमति एवं समन्वय गरेर सञ्चालन गर्ने गरी अहिलेलाई परीक्षा स्थगित गरिएको हो ।

सीटीईभीटीले विगतका वर्षमा जस्तै प्रमाणपत्र तहका नर्सिङ, फार्मेसी, ल्याब असिष्टेण्ट, डेन्टल हाइजेनिष्टलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयको अध्ययन गर्ने संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने, भर्ना आह्वान गर्ने, परीक्षा सञ्चालन गर्ने, परीक्षाफल सार्वजनिक गर्ने लगायतका काम गर्दै आएको छ । आयोगले भने चिकित्सा शिक्षा ऐन विपरीत मेडिकल शिक्षा पठनपाठन गराउने शिक्षण संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने भर्ना आह्वान गर्ने, चिकित्सा शिक्षाको नियमन गर्ने अधिकार आयोगको मात्रै रहेको जनाउँदै आएको छ ।

सीटीईभीटीले आयोगसँग समन्वय नगरी ऐन विपरित सम्बन्धन दिने, भर्ना आह्वान गर्ने, सिट निर्धारण गर्ने, शुल्क निर्धारण गरेको भन्दै आयोगले असहमति जनाएपछि दुई संस्थाबीच विवाद बढेको हो । 

सीटीईभीटीले आफ्नो संस्थाअन्तर्गत रहेका ४९ प्राविधिक कलेज र गतवर्ष आयोगले सिट निर्धारण गरेका एक सय ४९ कलेजमा यस वर्ष भर्ना आह्वान गर्दै सूचना सार्वजनिक गरेपछि आयोगले ऐन विपरीत गरेको भन्दै आपत्ति जनाएको थियो ।

प्रतिक्रिया