ताजा अपडेट
छानो मर्मत नहुँदा शिवलिङ्ग आधारभूत विद्यालयका बालबालिकाहरुलाई समस्या
बैतडी । हावाहुरीले उडाएको छानो मर्मत नहुँदा बैतडीको एक विद्यालयका बालबालिकाहरुलाई पठनपाठनमा निकै समस्या भएको छ । जिल्लाको सिगास गाउँपालिका ७ स्थित शिवलिंग आधारभूत विद्यालय भवनको छानो मर्मत नहुँदा समस्या भएको बताइएको छ ।
विद्यालय भवनको छानो उडाएको ३ बर्ष भइसक्दा समेत मर्मत हुन सकेको छैन् । कक्षा ८ सम्मको पढाई हुने विद्यालयमा अहिले ४ कोठाको एकमात्रै भवन रहेको स्थानीय सूर्यबहादुर बोहराले बताए ।
४ कोठाको भवनमा एक विद्यालयको कार्यालय, एक कोठामा स्टोर र दुईकोठामा मात्रै विद्यार्थीहरुले बस्न पाएका छन् ।विद्यालय भवन मर्मत नहुँदा बालबालिकाहरुलाई पठनपाठनका लागि निकै समस्या भएको छ । यो बिषयमा गाउँपालिकाको समेत ध्यानाकर्षण गराएको भएपनि भवन मर्मत हुन नसकेको बोहराले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया