Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ११ पुष २०८१
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित सुदूरपश्चिम समाज क्यालिफोर्नियाको अध्यक्षमा बोगटी निर्विरोध निर्वाचित सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर कार्यक्रम सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर कार्यक्रम धनगढीमा लागूऔषधसहित तीन जना समातिए धनगढीमा लागूऔषधसहित तीन जना समातिए कञ्चनपुरमा भारतीयले नेपालको जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग कञ्चनपुरमा भारतीयले नेपालको जमिन कब्जा गरेकोबारे तुरुन्त जाँचबुझ गर्न झलनाथ खनालको माग एमालेमा आलोचक सिध्याउँदै ओली एमालेमा आलोचक सिध्याउँदै ओली सुदूरपश्चिममा राजनीतिक नियुक्तिका पद रिक्त हुँदै, नियुक्तिका लागि ‘लबिङ’मा काँग्रेस–एमाले नेताहरु सुदूरपश्चिममा राजनीतिक नियुक्तिका पद रिक्त हुँदै, नियुक्तिका लागि ‘लबिङ’मा काँग्रेस–एमाले नेताहरु धनगढीमा १४ गतेदेखि राष्ट्रिय उसु प्रतियोगिता, ८८ पदकका लागि प्रतिस्पर्धा धनगढीमा १४ गतेदेखि राष्ट्रिय उसु प्रतियोगिता, ८८ पदकका लागि प्रतिस्पर्धा डडेल्धुराबाट श्रीमतीसंगै भारत हिँडेका खडायत मृत भेटिए डडेल्धुराबाट श्रीमतीसंगै भारत हिँडेका खडायत मृत भेटिए सुदूरपश्चिममा कति छन् इसाई धर्मावलम्बी ? सुदूरपश्चिममा कति छन् इसाई धर्मावलम्बी ? हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली प्रहार, दुई पत्रकारसहित तीन जनाको मृत्यु हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली प्रहार, दुई पत्रकारसहित तीन जनाको मृत्यु

सामुदायिक विद्यालयमा दिवा खाजाः न भान्सा, न जनशक्ति

सामुदायिक विद्यालयमा दिवा खाजाः न भान्सा, न जनशक्ति

धनगढी– विद्यालयमा दिवा खाँजाको व्यवस्था छ तर, विद्यार्थीहरुलाई खाजा खाने घर छैन् । पुनर्वास नगरपालिका वडा नम्बर ११ राष्ट्रिय माध्यामिक विद्यालयको दृष्य हो । 

भवन अभाव, जनशक्तिको व्यवस्थापन हुन नसक्नु र स्थानिय तहको वेवास्ताका कारण यो विद्यालयमा विभिन्न समस्या रहेका छन् ।
पुनर्वासको राष्ट्रिय माध्यामिक विद्यालयमात्र नभई सुदूरपश्चिमका अधिकाँस विद्यालयले यो समस्या झेल्नु परिरहेको सरोकारवालाहरुको गुनासो रहेको छ । 

सुदूरपश्चिम विश्वविद्यालय कञ्चनपुरका क्याम्पस प्रमुख भवानीसिंह चलाउनेले सरकारले दिवा खाँजा घरको कार्यक्रम अघि बढाएपनि यसमा विभिन्न समस्या यथावत रहेको बताए ।

उनले भने –‘पूर्वाधार र जनशक्ति प्रमुख समस्या रहेको छ । त्यसैमा तीन तहकै सरकारले यो कार्यक्रममा सहकार्य गर्न नसक्नु अर्को समस्या रहेको छ । यो कार्यक्रममा संघिय सरकारको मात्र दायित्व होइन् । प्रदेश र स्थानीय तहहरुले पनि आवश्यक बजेटको व्यवस्थापन गर्न जरुरी रहेको छ ।’

उनले दिवा खाजा कार्यक्रम लागु भएका विद्यालयमा स्थानीय तह र प्रदेश सरकारले अनुगमन र मूल्याँकन गर्न जरुरी रहेको बताए । दिवा खाँजा कार्यक्रमका नाममा आर्थिक अनियमितता, पोषणयुक्त खानाको व्यस्था हुन नसकेको, जनशक्ति अभावका कारण विद्यालयलाई कार्यक्रमलाई निरन्तरता दिन नसकेको लगायतका समस्या यथावत रहेको बताउँदै –‘यो कार्यक्रमका लागि सरकारले बजेट वृद्धि गर्न जरुरी रहेको छ ।’

अहिले सरकारले प्रति विद्यार्थी दैनिक १५ रुपैयाँको व्यवस्था गरेको छ । तर, बजारमा रहेका आधारभुत खाद्यान्नको मूल्यनै बृद्धि भइसकेको छ । विद्यालयले खाजाका नाममा खिचडी, अण्डा, चना, खिर, चिउरा, चाउचाउ लगायतको व्यवस्था गरेका छन् ।

उनी भन्छन् –‘कतिपय विद्यालयमा विद्यार्थीका लागि व्यवस्था गरेको खाँजा अभिभावकहरुले खाने गरेका छन् । यसमा शिक्षक र राजनीतिक दलकै मिलेमतो रहेको छ । यो पनि एक किसिमको आर्थिक अनियमितता हो । जसका नाममा दिइएको हो रकम त्यसैमा खर्च हुनुपर्छ ।’

धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख घुमनसिंह बडायकले दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई नियमित विद्यालयमा आउन र विद्यालयमा टिकाउनमा सहयोग गरेको बताउँदै –‘केही नहुनुभन्दा कार्यक्रमको सुरुवात हुनुनै आफैमा राम्रो पक्ष हो तर, यसमा देखिएका समस्याहरुलाई समाधान गर्नतर्फ सरकार केन्द्रित हुनुपर्छ ।’

उनले कार्यक्रमले बालबालिकाको स्वास्थ्य स्थितिसंगै सिकाईमा उपलब्धी ल्याएको बताए । उनले धनगढी उपमहानगरपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउन धनगढीमा ‘सेन्ट्रल भान्सा’ निर्माण गर्न लागि रहेको बताए । त्यसका लागि दातृ निकाय र संघिय सरकारले आवश्यक बजेटको व्यवस्थापन गरिरहेको बताए ।

लुनेभा नेपालकी अध्यक्ष रुपा मनाकर्मीले दिवा खाजाले विद्यालयमा विद्यार्थी टिकाउन र निरन्तरता दिनमा सहयोग गरेको बताइन् । तरपनि यसमा थुप्रै समस्या रहेको बताउँदै ‘जनशक्ति अभाव, विद्यार्थीहरुका लागि बसेर खाने भान्सा घर नहुनु, पोषणयुक्त खानाको व्यवस्थापनमा ध्यान दिन नसक्नु लगायत थुप्रै समस्या रहेकाले सरकारले यसको व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको छ ।’

सरकारले प्रति दिन प्रति विद्यार्थी १५ रुपैयाँका दरले एक सय ८० दिनका लागि सामुदायिक विद्यालयमा रकम दिने गरेको छ । जुन अहिलेको बजारको अवस्था अनुसार न्यून रकम रहेको बताउँदै ‘यसमा अभिभावक, स्थानीय तह र प्रदेश सरकारको पनि लगानी जरुरी रहेको छ ।’

२०८० को तथ्यांक अनुसार देशभरी ३५ हजार आठ सय ७६ विद्यालय रहेका छन् । जसमा आधारभुत तह २४ हजार तीन सय ८४ रहेको छ । तरपनि अहिलेसम्म विद्यालय छोड्ने दरमा कमि आउन नसकेको उनको भनाई छ । उनका अनुसार विद्यालयमा निरन्तर अनुत्तिर्ण हुनु र सोही कक्षमा पढ्न बाँध्य हुनुनै विद्यालय छोड्ने दरमा कमी आउन नसक्नु प्रमुख कारण रहेको छ ।

उनले दिवा खाजामा अहिलेसम्म स्थानीय उत्पादनलाई विद्यालयले जोड दिन नसकिरहेको बताइन् । उनका अनुसार कतिपय सामुदायिक विद्यालयमा स्थानीय तहले तोकेको खाजाको व्यवस्था भइरहेको छ भने कतिपय विद्यालयले आफ्नै आयस्रोत अनुसार खाजाको व्यवस्था गरिरहेको छ । तर, शिक्षा तथा मानव स्रोत केन्द्रले तोकेको अनुसार अधिकाँस विद्यालयमा खाजा लागु हुन सकेको छैन् ।

सामुदायिक विद्यालयका शिक्षकका अनुसार जनशक्ति व्यवस्थापन गर्न नसक्नु, खाजामा प्रति विद्यार्थी लगानी वृद्धि गरिनुपर्ने र व्यवस्थित भान्सा घरको व्यवस्थापन जरुरी रहेको छ ।

लुनेभाले विद्यालयमा लागु भएको दिवा खाजा कार्यक्रमको सर्वेक्षण गर्न विद्यालयहरुमा अध्ययन गरिरहेको बताईन् ।
 

प्रतिक्रिया