Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १९ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमका कानून मन्त्री भट्टलाई सम्मान

सुदूरपश्चिमका कानून मन्त्री भट्टलाई सम्मान

धनगढीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री शिवराज भट्टले प्रदेश संरचनाका बारेमा प्रश्न उठाए संघीयतालाई नै खतरा हुने बताएका छन। बैतडी समाज कैलालीले शनिवार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन।

अहिले प्रदेश संरचनाका बारेमा विरोध सुरु हुन थालेको छ। यसका बारेमा प्रश्न पनि उठाउन थालिएको छ। तर प्रदेश संरचनाका बारेमा विरोध भएमा त्यसले संघीयतालाई नै असर पर्छ। संघीयतालाई असर पर्ने वित्तिकै संविधानलाई असर पर्छ’ मन्त्री भट्टले भने। ‘संविधानलाई असर पर्ने वित्तिकै हामीले प्राप्त गरेको उपलब्धी गुम्ने खतरा रहन्छ।’

मन्त्री भट्टले प्रदेश सरकारले जनमुखी कामहरु गरेर जनताको मनजित्नुपर्ने बताए। ‘जनभावना अनुसार प्रदेश सरकारले काम गर्नुपर्छ। म मेरो जिम्मेवारी जनभावना अनुसार निभाउने प्रयास गर्नेछु उनले भने।  

विकास निर्मार्णको बजेट आफ्नो मन्त्रालयमा नभएपछि कानून बनाएर विधीको शासनका लागि प्रयास गर्ने मन्त्री भट्टको भनाई थियो। ‘अझै कतिपय जनमुखी कानूनहरु निर्माण भएका छैनन। जस कारण जनताको पक्षमा काम गर्न कठिनाई भएको छ, त्यसैले मेरो प्रयास जनमुखी कानून निर्माणमा रहनेछ’ मन्त्री भट्टले भने।

बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता भएको स्वागत तथा सम्मान कार्यक्रममा समाजका सदस्य केशव दत्त पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। मन्त्री भट्टलाई बाजागाजा सहित समाजको सचिवालयमा स्वागत गरिएको थियो। 
तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिहको असार ५ गते सडक दुर्घटनामा निधन भएको थियो। सिहको निधनपछि विहीबार मात्रै भट्ट आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए। भट्ट बैतडी निर्वाचन क्षेत्र २ बाट प्रदेश सभामा प्रत्यक्ष जितेका थिए।

प्रतिक्रिया

ट्रेन्डिङ