Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

सुदूरपश्चिमका कानून मन्त्री भट्टलाई सम्मान

सुदूरपश्चिमका कानून मन्त्री भट्टलाई सम्मान

धनगढीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री शिवराज भट्टले प्रदेश संरचनाका बारेमा प्रश्न उठाए संघीयतालाई नै खतरा हुने बताएका छन। बैतडी समाज कैलालीले शनिवार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन।

अहिले प्रदेश संरचनाका बारेमा विरोध सुरु हुन थालेको छ। यसका बारेमा प्रश्न पनि उठाउन थालिएको छ। तर प्रदेश संरचनाका बारेमा विरोध भएमा त्यसले संघीयतालाई नै असर पर्छ। संघीयतालाई असर पर्ने वित्तिकै संविधानलाई असर पर्छ’ मन्त्री भट्टले भने। ‘संविधानलाई असर पर्ने वित्तिकै हामीले प्राप्त गरेको उपलब्धी गुम्ने खतरा रहन्छ।’

मन्त्री भट्टले प्रदेश सरकारले जनमुखी कामहरु गरेर जनताको मनजित्नुपर्ने बताए। ‘जनभावना अनुसार प्रदेश सरकारले काम गर्नुपर्छ। म मेरो जिम्मेवारी जनभावना अनुसार निभाउने प्रयास गर्नेछु उनले भने।  

विकास निर्मार्णको बजेट आफ्नो मन्त्रालयमा नभएपछि कानून बनाएर विधीको शासनका लागि प्रयास गर्ने मन्त्री भट्टको भनाई थियो। ‘अझै कतिपय जनमुखी कानूनहरु निर्माण भएका छैनन। जस कारण जनताको पक्षमा काम गर्न कठिनाई भएको छ, त्यसैले मेरो प्रयास जनमुखी कानून निर्माणमा रहनेछ’ मन्त्री भट्टले भने।

बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता भएको स्वागत तथा सम्मान कार्यक्रममा समाजका सदस्य केशव दत्त पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए। मन्त्री भट्टलाई बाजागाजा सहित समाजको सचिवालयमा स्वागत गरिएको थियो। 
तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिहको असार ५ गते सडक दुर्घटनामा निधन भएको थियो। सिहको निधनपछि विहीबार मात्रै भट्ट आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए। भट्ट बैतडी निर्वाचन क्षेत्र २ बाट प्रदेश सभामा प्रत्यक्ष जितेका थिए।

प्रतिक्रिया