ताजा अपडेट
कैलाली र कञ्चनपुरका यी २ नदीमा बाढीको खतरा, सतर्कता अपनाउन अनुरोध
बाढी पूर्वानुमान महाशाखाले कैलाली र कञ्चनपुरका अधिकांश स्थानहरूमा भारी वर्षा भइरहेकाले ठुला २ नदीमा बाढीको खतरा रहेको जनाएको छ ।
मंगलबार राति अलर्ट जारी गर्दै महाशाखाले कैलालीको खुटिया खोला र कञ्चनपुरको चौधर नदीमा खतरा देखिएको जनाएको छ । खुटिया खोलाको मुडीभर केन्द्रमा जलसतह खतरा तह नजिक रहेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । कञ्चनपुरको चौधर नदी दैजी जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको जनाइएको छ ।
महाशाखाले नदी तटीय क्षेत्रमा रहेकाहरू तथा डुबान भइरहने होचो भूभागमा रहेकाहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया