ताजा अपडेट
कैलाली र कञ्चनपुरका यी २ नदीमा बाढीको खतरा, सतर्कता अपनाउन अनुरोध
बाढी पूर्वानुमान महाशाखाले कैलाली र कञ्चनपुरका अधिकांश स्थानहरूमा भारी वर्षा भइरहेकाले ठुला २ नदीमा बाढीको खतरा रहेको जनाएको छ ।
मंगलबार राति अलर्ट जारी गर्दै महाशाखाले कैलालीको खुटिया खोला र कञ्चनपुरको चौधर नदीमा खतरा देखिएको जनाएको छ । खुटिया खोलाको मुडीभर केन्द्रमा जलसतह खतरा तह नजिक रहेको र बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । कञ्चनपुरको चौधर नदी दैजी जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको जनाइएको छ ।
महाशाखाले नदी तटीय क्षेत्रमा रहेकाहरू तथा डुबान भइरहने होचो भूभागमा रहेकाहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया