Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

१५ वर्षपछि पहिलोपटक मेस्सी र रोनाल्डो बिनाको च्याम्पियन्स लिग सेमिफाइनल

१५ वर्षपछि पहिलोपटक मेस्सी र रोनाल्डो बिनाको च्याम्पियन्स लिग सेमिफाइनल

यो सिजन लियोनेल र मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैले च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने छैनन् । दुई खेलाडीमध्ये एक प्रतियोगिताको सेमिफाइनलमा नपुगेको १५ वर्षमा यो पहिलो पटक हो ।

मेस्सीको बार्सिलोना शुक्रबार क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो भने रोनाल्डोको युभेन्टस अन्तिम १६ मा लियोनसँग स्तब्ध बनेको थियो ।

दुई नतिजाको अर्थ सन् २००४–०५ सिजन यता मेस्सी वा रोनाल्डो प्रतियोगिताको अन्तिम चारमा प्रवेश नगरेको यो पहिलो अवसर हो । त्यस्तै, सन् २००६–०७ सिजन यता पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा कुनै पनि स्पेनिस टोली पुग्न असफल रह्यो ।

यो वर्षलाई युरोपको क्लब फुटबलमा मेस्सी र रोनाल्डोको वर्चश्वको अन्त्यको शुरुवातको रुपमा पनि विश्लेषकहरुले व्याख्या गर्न थालेका छन् । मेस्सीले हालसम्म ६ वटा बालोन डि ओर जितेका छन् भने रोनाल्डोले ५ वटा । सन् २००८ यता मेस्सी र रोनाल्डोबाहेक यो उपाधि जित्ने लुका मोड्रिच एक्ला खेलाडी हुन् ।

यस क्रममा मेस्सीले च्याम्पियन्स लिग चार तथा रोनाल्डोले पाँच पटक यो प्रतियोगिता जितेका छन् ।

 बार्सिलोनाको हार ब्राजिलको जस्तै

बायर्न म्युनिक र बार्सिलोनाबीच शुक्रबारको खेल कस्तो रह्यो भने यसबारे चर्चा गर्दा जित्नेको भन्दा हार्नेको बढी छ । यसको कारण पनि स्पष्ट छ, बार्सिलोना यसरी हार्नेछ, त्यो कसैले सोचेको थिएन । अनि यो यस्तो पनि हार रहेको छ, जसबाट माथि उठ्न बार्सिलोनालाई पटक्कै सजिलो हुने छैन । यो काम वास्तवमै कति गाह्रो छ, त्यो ब्राजिललाई सोधे हुन्छ ।

सन् २०१४ को विश्वकप सेमिफाइनलमा जर्मनीले आयोजक ब्राजिललाई ७–१ ले हराएको थियो र यो पनि त्यतिबेला अकल्पनीय नतिजा थियो । थोमस मुलरले यसपल्ट बायर्नका लागि पनि गोल गरे । त्यतिबेला उनले जर्मनीका लागि पनि गोल गरेका थिए । दुवै अवसरमा गोल सुरुवाती नै थियो ।

उनले पनि यी दुई खेलका एक आपसमा तुलना गर्न खोजेका छन् । उनले भनेका छन्, ‘ब्राजिलमा भएको त्यस खेलमामाथि हाम्रो मात्रै पूर्ण पकड थिएन । तर जर्मनी राम्रै टिम थियो । तर बार्सिलोनाविरुद्ध प्राप्त जित एकपक्षीय जस्तै रह्यो । खेलमाथि हाम्रो नियन्त्रण पूरा रह्यो र यो मेरो हिसाबमा पनि निर्दयीपूर्ण रह्यो ।’

त्यो खेलपछि जर्मनीले फाइनलमा लियोनल मेसीकै अर्जेन्टिनालाई हराएर विश्वकप उपाधि चुमेको थियो । मुलरलाई डर के छ भने यस्तो ठूलो अन्तरको खेल जितेपछि लगत्तै हुने अर्को खेलमा राम्रो गर्न गाह्रो हुन्छ । अहिलेका बायर्नका प्रशिक्षक हुन्, हान्सी फ्लिक । जर्मनीले विश्वकप जित्दा टिमका सहायक प्रशिक्षक थिए, उनी ।

उनी जोचिम लोका सहयोगी थिए । उनले पनि दुई खेलको तुलना गर्दै भनेका छन्, ‘म कुनै प्रकारको तुलना चाहँदिन। खालि एउटा तथ्य मात्र दाबी गर्न चाहन्छु, बायर्नले आज निकै राम्रो खेलेको हो ।’ अबका केही घण्टा अथवा दिनमा बार्सिलोनामा ठूलो परिवर्तन आउने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया